Advertisement
Advertisement

Day: ३ बैशाख २०८३, बिहीबार १५:११

मे २३ तारिकमा पहिलोपटक 𝐉𝐀𝐌𝐒𝐄𝐘 ले कोरियाको माहोल तताउदै

मे २३ तारिकमा पहिलोपटक 𝐉𝐀𝐌𝐒𝐄𝐘 ले कोरियाको माहोल तताउदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपाली दर्शकहरूका लागि चर्चित र्‍यापर Jamsey पहिलोपटक स्टेजमा उत्रिने भएका छन्। “Dharane Events Korea” को आयोजनामा आगामी मे २३, २०२६ मा सउलमा उनको लाइभ कन्सर्ट हुने भएको हो। कार्यक्रम सउलको दोङ्देमुन स्थित 현대 코아 Hyundai Koa) मा आयोजना गरिनेछ। साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म ननस्टप डिजे म्युजिकको साथमा चल्ने उक्त कार्यक्रमले कोरियामा रहेका नेपाली युवामाझ विशेष उत्साह थप्ने अपेक्षा गरिएको छ। कार्यक्रममा होस्टका रूपमा रेश्मा राई रहनेछिन् भने DJ RX ले संगीतलाई अझ रोमाञ्चक बनाउनेछन्। साथै र्‍यापर बिक्रम लामा तथा डान्सरहरू शर्लिन तामाङ, शोभा तामाङ र आइसा पुरीले पनि प्रस्तुति दिनेछन्। टिकट मूल्य ४०,००० वोन तोकिएको छ भने दोङ्देमुन स्टेशनको एक्जिट नम्बर २ र ३ बाट सटल बसको व्यवस्था समेत गरिने आयोजकले जनाएको छ। नेपाली र्‍याप संगीतलाई नयाँ उचाइमा पुर्‍याउँदै आएका जेम्सिको...
2nd HWASEONG NFC FUTSAL CUP 2026” का सम्पूर्ण तयारी पूरा, टाई–सिट र नियमावली सार्वजनिक

2nd HWASEONG NFC FUTSAL CUP 2026” का सम्पूर्ण तयारी पूरा, टाई–सिट र नियमावली सार्वजनिक

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच एकता, मनोरञ्जन तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको “2nd HWASEONG NFC FUTSAL CUP 2026” को सम्पूर्ण तयारी पूरा भएको आयोजक ह्वासङ NFC ले जनाएको छ। प्रतियोगिता आउँदो अप्रिल १९ तारिखका दिन छनानस्थित फुटसल मैदानमा सञ्चालन हुँदैछ। आयोजकका अनुसार प्रतियोगिताका लागि टिम विभाजन (टाई–सिट), खेल तालिका (टाइम शेड्युल) तथा खेल सञ्चालनसम्बन्धी नियमावली आधिकारिक रूपमा सार्वजनिक गरिसकिएको छ। सहभागी सम्पूर्ण टिमहरूलाई तोकिएको समयमा अनिवार्य उपस्थित भई खेललाई व्यवस्थित, अनुशासित र सफल बनाउन सहयोग गर्न अनुरोध गरिएको छ। प्रतियोगितामा आकर्षक पुरस्कार राशिको व्यवस्था गरिएको छ। विजेता टिमले ३५ लाख वोन प्राप्त गर्नेछ भने उपविजेतालाई २० लाख वोन प्रदान गरिनेछ। सेमिफाइनल पुग्ने टिमलाई ४ लाख वोन दिइनेछ। त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट ग...
गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको उद्यमशीलता विकास कार्यक्रम भाग–२ अप्रिल १८ तारिख हुने

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको उद्यमशीलता विकास कार्यक्रम भाग–२ अप्रिल १८ तारिख हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
प्रवासीबाट उद्यमीतर्फ प्रेरणा: गण्डकी प्रदेश समाज दक्षिण कोरियाद्वारा ‘उद्यमशीलता कार्यक्रम’ (भाग–२) आयोजना हुने दक्षिण कोरियामा क्रियाशील गण्डकी प्रदेश समाज दक्षिण कोरियाले प्रवासी नेपालीहरूलाई उद्यमशीलतामा प्रेरित गर्ने उद्देश्यसहित ‘उद्यमशीलता कार्यक्रम’ (भाग–२) आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम आगामी २०२६ अप्रिल १८, शनिबार, कोरियाली समय अनुसार बेलुका ८:१५ देखि ९:१५ बजेसम्म सञ्चालन हुनेछ। “प्रवासीबाट उद्यमीका यात्रा तर्फ” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस कार्यक्रमले विदेशमा आर्जित ज्ञान, सीप र पुँजीलाई स्वदेशमै लगानी गरी उद्यम सिर्जना गर्न प्रेरित गर्ने लक्ष्य लिएको छ। कार्यक्रमका विशेष अतिथिका रूपमा सफल उद्यमी सर्वोदय ढकाल सहभागी हुनेछन्। उनले दक्षिण कोरियामा लामो समय काम गरी नेपाल फर्किएपछि स्याङ्जाको आँधिखोला गाउँपालिका–६ मा कैलाश एग्रो तथा कृषि फार्म (बाख्रा तथा भ...