Advertisement
Advertisement

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको उद्यमशीलता विकास कार्यक्रम भाग–२ अप्रिल १८ तारिख हुने

Advertisement
Advertisement

प्रवासीबाट उद्यमीतर्फ प्रेरणा: गण्डकी प्रदेश समाज दक्षिण कोरियाद्वारा ‘उद्यमशीलता कार्यक्रम’ (भाग–२) आयोजना हुने

दक्षिण कोरियामा क्रियाशील गण्डकी प्रदेश समाज दक्षिण कोरियाले प्रवासी नेपालीहरूलाई उद्यमशीलतामा प्रेरित गर्ने उद्देश्यसहित ‘उद्यमशीलता कार्यक्रम’ (भाग–२) आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम आगामी २०२६ अप्रिल १८, शनिबार, कोरियाली समय अनुसार बेलुका ८:१५ देखि ९:१५ बजेसम्म सञ्चालन हुनेछ।

“प्रवासीबाट उद्यमीका यात्रा तर्फ” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस कार्यक्रमले विदेशमा आर्जित ज्ञान, सीप र पुँजीलाई स्वदेशमै लगानी गरी उद्यम सिर्जना गर्न प्रेरित गर्ने लक्ष्य लिएको छ।

कार्यक्रमका विशेष अतिथिका रूपमा सफल उद्यमी सर्वोदय ढकाल सहभागी हुनेछन्। उनले दक्षिण कोरियामा लामो समय काम गरी नेपाल फर्किएपछि स्याङ्जाको आँधिखोला गाउँपालिका–६ मा कैलाश एग्रो तथा कृषि फार्म (बाख्रा तथा भैँसी पालन), पोखरा–२२ ठुलढुङ्गामा कैलाश कुटी एण्ड कटेज, तथा पोखरा–१७ विरौटामा विरौटा स्केट पार्क तथा प्लेजोन सञ्चालन गर्दै आएका छन्। उनको अनुभव र संघर्षपूर्ण यात्राले प्रवासी नेपालीहरूलाई स्वदेशमै सम्भावना खोज्न प्रेरणा दिने विश्वास आयोजकको छ।

कार्यक्रमका प्रस्तोता डा. बाबुकाजी श्रेष्ठ रहनेछन्, जसले कार्यक्रमलाई संवादात्मक र जानकारीमूलक ढंगले सञ्चालन गर्नेछन्। कार्यक्रम गण्डकी प्रदेश समाजको आधिकारिक फेसबुक पेज तथा पोखरा टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ। गण्डकी प्रदेश समाजले “रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने उद्यमी बनौँ” भन्ने सन्देशसहित प्रवासी नेपालीहरूलाई उद्यमशीलतामा जोड्ने अभियान निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×