दक्षिण कोरियामा सक्रिय नेपाली संस्था पूर्वी नेपाल समाज दक्षिण कोरिया ले नेपाली नयाँवर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागेको भव्य साङ्गीतिक कार्यक्रम अब आगामी मे २ तारिख शनिबार हुने भएको छ।
उक्त कार्यक्रम यसअघि अप्रिल २५ मा गर्ने तय गरिएको थियो। तर नेपालस्थित कोरियन दूतावासबाट आमन्त्रित कलाकारहरूको राहदानी उपलब्ध हुन ढिलाइ भएका कारण कार्यक्रम एक हप्ता पछि सारिएको आयोजकले जनाएको छ।
नेपाली साङ्गीतिक क्षेत्रमा उदाउँदै गरेका कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा दक्षिण कोरियामै रहेका नवप्रतिभाशाली कलाकारहरूका साथै नेपालबाट ३ जना कलाकारलाई समेत आमन्त्रण गरिएको छ।
सन् २०१५ मा स्थापना भएको यस संस्थाले नेपालको प्रादेशिक संरचना अनुसार प्रदेश नम्बर १ (कोशी प्रदेश) का नेपालीहरूको प्रतिनिधित्व गर्दै आएको छ। स्थापना कालदेखि नै विपत्तिमा परेका नेपालीहरूको उद...
२ बैशाख २०८३, बुधबार १३:४४२ बैशाख २०८३, बुधबार १३:४४२ बैशाख २०८३, बुधबार १३:४४ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा सक्रिय नेपाल मगर संघ दक्षिण कोरिया ले प्रत्येक वर्ष मनाउँदै आएको परम्परागत भुमे पूजा यस वर्ष पनि निरन्तरता दिँदै आयोजना गर्ने भएको छ। यसअघिका वर्षहरूमा विभिन्न स्थानमा आयोजना हुँदै आएको यो महत्वपूर्ण सांस्कृतिक कार्यक्रम यसपटक किम्हे–बुसान क्षेत्रमा आयोजना गरिने भएको हो।
संघद्वारा जारी सूचनाअनुसार, २०२६ जुन १३ र १४ तारिखमा हुने भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा सञ्चालन हुनेछ। दक्षिण कोरियाभर रहेका सम्पूर्ण संघ–संस्थालाई समन्वयात्मक भूमिका खेल्न आग्रह गरिएको छ भने मगर समुदायसँगै अन्य नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई पनि सहभागिताका लागि आह्वान गरिएको छ।
मगर समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा रहेको भुमे पूजामा प्रकृतिको पूजा गरिन्छ। यस क्रममा भूमिदेवता (भुमे) लाई प्रसन्न पार्न परम्परागत विधिअनुसार पूजा गर्ने, पु...