Advertisement
Advertisement

Day: १४ माघ २०८२, मंगलवार २३:०५

फेब्रुअरी ०१ तारिख आन्सानमा सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स) दक्षिण कोरियाद्वारा पवित्र धार्मिक परम्परा अनुसार ”श्री स्वस्थानी व्रत कथा“ विधिवत पूजा–अर्चना तथा समापन (साङ्गेता) कार्यक्रम आयोजना गर्दै

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
नेपाली मौलिक संस्कार, संस्कृति तथा सनातन परम्पराको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स), दक्षिण कोरिया द्वारा यस वर्ष पनि पवित्र धार्मिक परम्पराअनुसार “श्री स्वस्थानी व्रत कथा” विधिवत पूजा–अर्चना तथा समापन (साङ्गेता) कार्यक्रम आयोजना गरिने भएको छ। विगतका वर्षहरूमा झैँ यस वर्ष पनि श्रद्धा, आस्था र धार्मिक अनुशासनका साथ आयोजना गरिन लागेको उक्त कार्यक्रममार्फत सनातन मूल्य–मान्यता, सांस्कृतिक चेतना तथा सामूहिक आध्यात्मिक अभ्यासलाई निरन्तरता दिने उद्देश्य राखिएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा पूर्वाङ्ग पूजा, स्वस्थानी कथा वाचन, रुद्राभिषेक, उत्तराङ्ग पूजा, आरती तथा भजनकीर्तन जस्ता विविध धार्मिक तथा सांस्कृतिक गतिविधिहरू समावेश रहनेछन्। आयोजकले दक्षिण कोरियामा रहेका सम्पूर्ण सनातन प्रेमी, श्रद्धालु तथा नेपाली समुदायलाई क...