दक्षिण कोरियामा आगामी वर्षदेखि स्वास्थ्य बीमा शुल्क बढ्ने भएको छ। सरकारले बीमा प्रिमियम दरलाई हालको ७.०९ प्रतिशतबाट बढाएर ७.१९ प्रतिशत पुर्याउने निर्णय गरेको हो।
दक्षिण कोरियाको स्वास्थ्य तथा कल्याण मन्त्रालयले अगस्ट २८ मा बसेको १५औं स्वास्थ्य बीमा नीतिसमिति बैठकमार्फत उक्त निर्णय गरेको हो। यो वृद्धि ३ वर्षपछि पहिलोपटक गरिएको हो।
कति बढ्छ?
नयाँ निर्णयअनुसार रोजगारीमा रहेका कर्मचारीले तिर्नुपर्ने मासिक औसत व्यक्तिगत बीमा शुल्क १,५८,४६४ वोनबाट बढेर १,६०,६९९ वोन पुग्नेछ। यसरी प्रत्येक महिनामा करिब २,२३५ वोन थपिने भएको छ।
कर्मचारीहरूको बीमा शुल्क भने पहिलेझैँ मजदुर र रोजगारदाताले समान रूपमा आधा–आधा तिर्नुपर्ने व्यवस्था यथावत रहनेछ।
विगतका दर
• २०२१ मा : २.८९% वृद्धि
• २०२२ मा : १.८९% वृद्धि
• २०२३ मा : १.४९% वृद्धि
• २०२३ र २०२४ मा स्थिर (७.०९%)
• २०२५ मा : ...
१२ भाद्र २०८२, बिहीबार ०८:३७१२ भाद्र २०८२, बिहीबार ०८:३७१२ भाद्र २०८२, बिहीबार ०८:३७ by एलिनाNo Comments
तनहुँ समाज, दक्षिण कोरियाले कोरियनहरूको महान् चाड छुसकको अवसरमा भव्य सांगीतिक कार्यक्रम ‘सेतीमादी सांगीतिक सौगात–भाग २’ आयोजना गर्ने भएको छ।
कार्यक्रम आगामी अक्टोबर ४, शनिबार, सउलको 종로구 대학로 3길29 (종로5가역 नजिकै) मा हुनेछ। नेपालबाट चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने कार्यक्रमको विस्तृत जानकारी तथा कलाकारहरूको विवरण आयोजकले छिट्टै सार्वजनिक गर्ने जनाएको छ।
तनहुँ समाजले गण्डकी प्रदेश समाजको समन्वय र गैरआवासीय नेपाली संघ (NCC) को सहजीकरणमा तनहुँ घर तथा कल्याणकारी कोष स्थापना गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गर्न लागेको हो।
आयोजक समितिले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरूलाई आपसी सहयोग, सद्भाव र एकताको भावनासहित कार्यक्रममा उपस्थित भई सांगीतिक सौगातलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।...
१२ भाद्र २०८२, बिहीबार ०६:२८१२ भाद्र २०८२, बिहीबार ०६:२८१२ भाद्र २०८२, बिहीबार ०६:२८ by एलिनाNo Comments
दक्षिण कोरियाको मोक्पोमा खेलकुद र मनोरञ्जनलाई लक्षित गर्दै दोस्रो MCC कप 2025 आयोजना हुने भएको छ। मोक्पो सान्हो साझा चौतारी र Mokpo Cricket Club (MCC) को संयुक्त आयोजनामा हुने प्रतियोगिता सेप्टेम्बर 14 (आइतबार) बिहान ७:०० बजे देखि सुरु हुनेछ। खेल 전라남도 영암군 삼호읍 소등공원2길 4 (영암 소방서 옆쪽) मा हुने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा Mokpo CC Red, Mokpo CC Blue, JN CC, Deabul United CC, Himalayan Tiger, Samho Nepali CC, Deagu Thunders र Jeonju United गरी ८ टोलीको सहभागिता रहनेछ।
प्रतियोगिताको विजेताले २५ लाख वोन सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १० लाख वोन सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। यस्तै, म्यान अफ द सिरिजलाई १ लाख वोन र ट्रफि तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई ट्रफि प्रदान गरिनेछ।
सर्वाधिक १० ओभरमा खेलाइने खेलहरू हार्ड टेनिस बल प्रयोग गरेर सम्...
१२ भाद्र २०८२, बिहीबार ०१:२४१२ भाद्र २०८२, बिहीबार ०१:२४१२ भाद्र २०८२, बिहीबार ०१:२४ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। कामले महत्त्वाकांक्षा बढाउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसरका लागि परिस्थितिसँग सम्झौता ग...