Advertisement
Advertisement

Day: २९ श्रावण २०८२, बुधबार १३:३०

सेप्टेम्बर २१ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै ‘जारी २’,अग्रिम अनलाइन बुकिङ खुला

सेप्टेम्बर २१ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै ‘जारी २’,अग्रिम अनलाइन बुकिङ खुला

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज – दुई वर्षअघि बक्स अफिसमा तहल्का मच्चाएको ‘जारी’ को सिक्वेल ‘जारी २’ यही सेप्टेम्बर २१ (आइतबार) मा दक्षिण कोरियाको सुवनस्थित अत्याधुनिक सुविधा सम्पन्न MEGABOX हलमा प्रदर्शन हुने भएको छ। Manggena Entertainment दक्षिण कोरियाको आयोजनामा हुने यो विशेष ‘Suwon Show’ का लागि अग्रिम अनलाइन बुकिङ खुला गरिएको आयोजकले जनाएको छ। दशैंको छेको पारेर असोज ३ गतेदेखि संसारभर रिलिज हुन लागेको ‘जारी २’ मा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायतको दमदार अभिनय रहेको छ। चलचित्रका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्। निर्देशक उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेको फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, कोविद बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र राजेन्...
पार्वती मोक्तान नेतृत्वको NRNA कोरिया र कोरियाली चिकित्सक समाजबीच स्वास्थ्य सहयोग सम्झौता अब निःशुल्क उपचार सेवा

पार्वती मोक्तान नेतृत्वको NRNA कोरिया र कोरियाली चिकित्सक समाजबीच स्वास्थ्य सहयोग सम्झौता अब निःशुल्क उपचार सेवा

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज – दक्षिण कोरियामा रहेका नेपालीहरूका लागि ठूलो राहतको खबर आएको छ। पार्वती मोक्तान नेतृत्वको गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरिया र कोरियाली चिकित्सक समाजबीच नेपाली श्रमिक, विद्यार्थी तथा कागजात नवीकरण नभएकाहरूलाई समेत स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने सम्झौता भएको हो। बुधबार एयस डकाष्टको कार्यालयमा विशेष कार्यक्रमका बीच दुई पक्षबीच सम्झौता पत्रमा NRNA दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तान र कोरियाली चिकित्सक समाजका अध्यक्ष इम सक योङले हस्ताक्षर गरे। सम्झौता अनुसार, आउँदो सेप्टेम्बर २० देखि कोरियामा रहेका नेपालीहरूले निःशुल्क स्वास्थ्य उपचार सेवा पाउने छन्। हरेक दुई महिनामा एकपटक स्वास्थ्य शिविर सञ्चालन हुनेछ, जसमा बिरामी जाँचदेखि आवश्यक औषधि उपलब्ध गराइनेछ। चिकित्सक समाजले औषधि, जनशक्ति र आवश्यक उपकरण उपलब्ध गराउनेछ भने NRNA दक्षिण कोरियाले प्रचार–प्रसार, बिरामी...
दक्षिण कोरियामा नेपाल गोरखा परिवारको १३औं अधिवेशन—१७ अगस्टका लागि सम्पूर्ण तयारी पूरा 

दक्षिण कोरियामा नेपाल गोरखा परिवारको १३औं अधिवेशन—१७ अगस्टका लागि सम्पूर्ण तयारी पूरा 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज :दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था नेपाल गोरखा परिवार दक्षिण कोरियाले आफ्नो १३औं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आगामी १७ अगस्ट २०२५ (आइतबार) का दिन सुवनस्थित भेटघाट रेष्टुरेन्टको सभाहलमा संस्थले १३औं अधिवेशन गर्दैछ।  संस्थाले आफ्नो स्थापना कालदेखि नै कोरिया साथै नेपालमा पनि विभिन्न सामाजिक कार्य र सहयोगका कार्यक्रम गर्दै आएको छ। समुदायमा एकता र आपसी सहयोग प्रवर्द्धन गर्न निरन्तर सक्रिय यस संस्थाले अधिवेशनलाई विगतका गतिविधिहरूको समीक्षा र भावी योजना निर्माणको अवसरका रूपमा लिने जनाएको छ। “प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुखदुःखमा साथ दिने हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित स्थापित संस्थाको यस अधिवेशनमा कोरियाबासी सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, शुभचिन्तक, विभिन्न संघसंस्था तथा तिनका प्रतिनिधिहरूको गरिमामय उपस्थितिका लागि संस्थाले हार्दिक निमन्त्रणा गरेको ...
दक्षिण कोरियामा पहिलो पटक पूर्वराष्ट्रपति दम्पती एकै समयमा जेलमा

दक्षिण कोरियामा पहिलो पटक पूर्वराष्ट्रपति दम्पती एकै समयमा जेलमा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको इतिहासमा पहिलोपटक एकै समयमा पूर्व राष्ट्रपति र पूर्व प्रथम महिला दुबैजना जेलमा पुगेका छन्। पूर्व राष्ट्रपति युन सुक-योलकी पत्नी किम क्योन-हीलाई सेयर मूल्य हेरफेर र अन्य भ्रष्टाचार आरोपमा पक्राऊ गरिएको हो। सेउल सेन्ट्रल जिल्ला अदालतले बुधबार किमको पक्राऊ वारन्ट जारी गरेपछि उनी सेउल नाम्बु डिटेन्सन सेन्टरमा हिरासतमा परेकी छन्। अदालतले किममाथि प्रमाण नष्ट गर्ने सम्भावना, बयानमा असंगति, र पूर्व सहयोगीसँग मिलेर बयान मिलाउने जोखिम रहेको ठहर गर्दै वारन्ट जारी गरेको हो। किममाथि लगाइएका मुख्य आरोपहरूमा—  • सेयर मूल् हेरफेर  • २०२२ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा हस्तक्षेप  • विभिन्न कम्पनी र युनिफिकेशन चर्चबाट व्यवसायिक सुविधा दिने सर्तमा घुस लिने यसअघि नै पूर्व राष्ट्रपति युन सुक-योल बिद्रोह, सम्बन्धी मुद्दामा प्रि-ट्रायल हिरासतमा रहेका छन्। ...
आजको राशिफल: २०८२ श्रावण २८ गते बुधबार

आजको राशिफल: २०८२ श्रावण २८ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज तपाईंको मन भावनात्मक र संवेदनशील हुनेछ। परिवारसँग सुमधुर समय बित्नेछ। नयाँ सम्बन्ध बनाउने अवसर आउन सक्छ। मानसिक शान्तिका लागि ध्यान वा योग गर्न लाभदायक हुनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आर्थिक पक्षमा केही उतार-चढाव देखिन्छ। खर्चमा नियन्त्रण गर्नु जरुरी छ। साथीभाइबाट समर्थन मिल्नेछ। घरपरिवारमा प्रेम र सद्भावना बढ्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साँझतिर मन शान्त हुनेछ। काममा अलिक थकान महसुस हुन सक्छ। नयाँ रचनात्मक योजनामा मन लाग्नेछ। यात्रा वा अध्ययनका अवसर खुल्नेछन्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सहयोग र सामाजिक कार्यमा सक्रिय रहनु हुनेछ। साथीभाइसँग सम्बन्ध अझै मजबुत बन्नेछ। प्रेमसम्बन्धमा नयाँ शुरुवात सम्भव छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज तपाईंको सोचमा गहिराइ आउनेछ।...