Advertisement
Advertisement

Day: ३१ असार २०८२, मंगलवार ११:५८

एनआरएनए कोरियाका अध्यक्ष विपिन कुमार गुरुङ र पूर्व विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङबीच भेटघाट 

एनआरएनए कोरियाका अध्यक्ष विपिन कुमार गुरुङ र पूर्व विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङबीच भेटघाट 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
गैर-आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङ र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङबीच आज काठमाडौंस्थित Hotel Tibet International मा भेटवार्ता सम्पन्न भएको छ । उक्त भेटघाटका क्रममा नेपालको ऊर्जा क्षेत्र, विशेषतः जलविद्युत् तथा हाइड्रोपावरको वर्तमान अवस्था, लगानी सम्भावना र गैरआवासीय नेपालीहरूको भूमिकाबारे गम्भीर छलफल गरिएको बताइएको छ। घिसिङले विद्युत प्राधिकरणमा कार्यरत रहँदा देशलाई लोडसेडिङमुक्त बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै, अध्यक्ष गुरुङले भविष्यमा पनि उहाँजस्ता सक्षम नेतृत्वको देशलाई आवश्यकता रहेको धारणा व्यक्त गर्दै गैरआवासीय नेपालीहरू नेपालको जलविद्युत् तथा हाइड्रोपावर क्षेत्रमा लगानी गर्न इच्छुक रहेको जानकारी समेत गराए। त्यसका लागि आवश्यक नीतिगत सहजीकरण, अवसर र सम्भावनाका बारेमा गम्भीर छलफल भएको बताएका छन्। पू...
यहि आइतबार हुने नेपाल मगर संघ दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशनको तयारी पूरा 

यहि आइतबार हुने नेपाल मगर संघ दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशनको तयारी पूरा 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
यही आइतबार जुलाई २० तारिखका दिन सउलमा हुने नेपाल मगर संघको केन्द्रीय बाह्रौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।  दक्षिण कोरियामा सक्रिय जातीय संस्था नेपाल मगर संघले आफ्नो एघारौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई केन्द्रित गर्दै सउलको नेपाल थाई रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजेदेखि शुरु हुने गरी सो अधिवेशन गर्न लागेको हो। सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको संघका केन्द्रीय अध्यक्ष तुल घर्ती मगरले बताए । कोरियाभरि आफ्नो पाँच शाखा विस्तार गरिसकेको यस संघले विगत लामो समयदेखि सउल दोङ्देमुन,...
स्याङ्जा परिवारले अगष्ट ३ मा “पाँचौं स्याङ्जा कप २०२५” भलिबल प्रतियोगिता आयोजना गर्दै 

स्याङ्जा परिवारले अगष्ट ३ मा “पाँचौं स्याङ्जा कप २०२५” भलिबल प्रतियोगिता आयोजना गर्दै 

Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरियामा अति सक्रिय संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले "पाँचौं स्याङ्जा कप २०२५" भलिबल प्रतियोगिता गर्ने भएको छ । भलिबल प्रतियोगिताको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर यस उक्त संघकै अनुमति बमोजिम यही आउँदो अगष्ट ३ तारिक सुवनस्थित AJOU UNIVERSITY VOLLEYBALL STADIUM [경기 수원시 영통구 월드컵으로 206] मा उक्त प्रतियोगिता आयोजना गरिने संस्थाका अध्यक्ष सुशील गुरुङले जानकारी दिए । स्याङ्जा घर व्यवस्थापन सहयोगार्थ “स्वास्थ्य, एकता, सद्भाव र गतिशीलताका लागि हाम्रो अभियान ! खेल, संस्कृति र सुशासन हाम्रो पहिचान !!” भन्ने मूल उद्घोषसँगै सञ्चालन हुने उक्त प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्रदान गरिने र सान्तवना स्थान प्राप्त गर्ने दुई सेमिफाईनलिष्ट टिमलाई मेडल र प्रमाण पत्र सहित ४/४ लाख कोरियन वोन...
कोरियामा रहेका नेपालीहरूका लागि Fonemoneyको नयाँ योजना – “हरेक हप्ता नगद वर्षा” सुरु

कोरियामा रहेका नेपालीहरूका लागि Fonemoneyको नयाँ योजना – “हरेक हप्ता नगद वर्षा” सुरु

Breaking News, जानकारी, भर्खरै, समाचार
सौल, दक्षिण कोरिया – १५ जुलाई २०२५: कोरियामा रहेका नेपाली प्रवासी कामदारहरूका लागि समर्पित डिजिटल रेमिटेन्स सेवा Fonemoneyले नयाँ योजना “हरेक हप्ता नगद वर्षा” सुरु गरेको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले प्रत्येक हप्ता १ लाख नगद पुरस्कार जित्ने अवसर पाउनेछन्। १४ जुलाई देखि १३ अगस्ट २०२५ सम्म सञ्चालन हुने यस एक महिने योजनामा, हरेक हप्ता दुईजना भाग्यशाली प्रयोगकर्ताहरूले १-१ लाख कोरियन वोन (झण्डै १०,००० नेपाली रुपैयाँ) जित्नेछन्। योजनामा सहभागी हुनका लागि प्रयोगकर्ताहरूले कोरियाबाट नेपाल पैसा पठाउनुपर्छ, त्यो पनि Fonemoney App मार्फत। पैसा सिधै बैंक खातामा, क्यास पिकअपहरूमा वा इसेवा वालेटमा पठाउन सकिन्छ, जसले सबैलाई सजिलो र पहुँचयुक्त सेवा प्रदान गर्दछ। प्रत्येक हप्ता मंगलवार बेलुकी ७ बजे (कोरियन समयअनुसार) Fonemoneyको Facebook र TikTok Live मा विजेताहरूको घोषणा गरिनेछ। न्यूनतम ५०,०...
आजको राशिफल:२०८२ असार ३१ गते मंगलबार

आजको राशिफल:२०८२ असार ३१ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक सम्मान, समूहमा सहभागिता वा साथीहरूसँग सहकार्यमा सकारात्मक संकेत देखिन्छ। कसैले तपाईंलाई मार्ग देखाउन सक्छ, तर अन्तिम निर्णय तपाईंको विवेकबाट नै होस्। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पेशा, प्रतिष्ठा र जिम्मेवारीमा गहिरो ध्यान दिनुपर्ने दिन। आफ्नो कर्तव्यमा निष्ठा देखाउनुहोस् — परिणाम विस्तारै उज्यालो हुँदै आउँछ। शब्दभन्दा कर्म आजको सार बन्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) धार्मिक भावना, दर्शन वा अध्ययन–अनुसन्धानप्रतिको लगाव बढ्नेछ। नयाँ ज्ञान प्राप्त गर्ने अवसर मिल्न सक्छ। आज बोली सौम्य राख्न सकियो भने, सम्बन्ध पनि मधुर बन्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गोप्य कुरा, गहिरो सोच वा मनभित्रको द्वन्द्व स्पष्ट हुने संकेत। आत्मनिरीक्षण गर्न अनुकूल दिन — निर्णय छिटो नगर्नु हितकर। तपाईंको मौनता आज तपाईँ...