विशाल आवाज: फागुन २९ गते (होली) बाट नेपालमा प्रदर्शनमा आइरहेको मिलन चाम्स निर्देशित फिल्म “अन्जिला” दक्षिण कोरियाको ह्वासङमा पनि मार्च २३ तारिख प्रदर्शन हुने भएको छ।
महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले स्कुले जीवनदेखि फुटबल खेलाडी बन्न गरेको सङ्घर्ष र राष्ट्रिय टिमको कप्तान बन्दासम्मको कथा समेटिएको चलचित्र “अन्जिला” ह्वासङ नेपाली परिवार, दक्षिण कोरियाको आयोजनामा मार्च २३ तारिख आइतबारका दिन ह्वासङसीमा प्रदर्शन हुने भएको हो। ह्वासङ नेपाली परिवार, दक्षिण कोरियाको आयोजना तथा किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको सहजीकरणमा ह्वासङसीमा रहेको फारान स्थित साराङ फाङमा मा मध्यान्ह १२ बजे च्यारिटी शोको रूपमा प्रदर्शन गरिने चलचित्र “अन्जिला” हेर्न दर्शकले सहयोग स्वरूप १५००० वन तिर्नुपर्नेछ भने सहयोग गर्नुहुनेले जति पनि सहयोग स्वरुप दिना सकिने आयोजकले जनाएको छ।
नेपाल ल...
२९ फाल्गुन २०८१, बिहीबार ०१:५९२९ फाल्गुन २०८१, बिहीबार ०१:५९२९ फाल्गुन २०८१, बिहीबार ०१:५९ by एलिनाNo Comments
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
चिठ्ठा शेयर जस्ता क्षेत्रमा गरेको लगानीले इच्छित प्रतिफल नदेला । मनमा अशान्तिको कालो बादल मडारिएला । आफन्तजनबाट भने राम्रो साथ सहयोग प्राप्त होला ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आफन्तजनसँग वैचारिक मनमुटाव होला । अधिकार प्राप्तिका लागि कडा सङ्घर्ष गर्नुपर्ला । प्राय: परिस्थिति प्रतिकूल रहला ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
मनमा प्रसन्नता बहार छाउला । कार्यसिद्धिको शुभफलदायक योग बन्ला । आर्थिक कारोबारमा फाइदा मिल्ला ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
ओजस्वी वाणीको प्रभावकारी प्रभाव पर्ला । शुभ कार्यको यत्रतत्र चर्चा चल्ला । लेनदेनमा भने विशेष सतर्कता अपनाउनु बुद्धिमानी होला ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
कुनै सभा समारोहमा सहभागी हुने अवसर जुट्ला । नयाँ ज्ञान प्राप्तिको मौका मिल्ला । सामाजिक मान सम्मानमा वृद्धि आउला ।
कन्या(टो,प,पि...