मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
चिठ्ठा शेयर जस्ता क्षेत्रमा गरेको लगानीले इच्छित प्रतिफल नदेला । मनमा अशान्तिको कालो बादल मडारिएला । आफन्तजनबाट भने राम्रो साथ सहयोग प्राप्त होला ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आफन्तजनसँग वैचारिक मनमुटाव होला । अधिकार प्राप्तिका लागि कडा सङ्घर्ष गर्नुपर्ला । प्राय: परिस्थिति प्रतिकूल रहला ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
मनमा प्रसन्नता बहार छाउला । कार्यसिद्धिको शुभफलदायक योग बन्ला । आर्थिक कारोबारमा फाइदा मिल्ला ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
ओजस्वी वाणीको प्रभावकारी प्रभाव पर्ला । शुभ कार्यको यत्रतत्र चर्चा चल्ला । लेनदेनमा भने विशेष सतर्कता अपनाउनु बुद्धिमानी होला ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
कुनै सभा समारोहमा सहभागी हुने अवसर जुट्ला । नयाँ ज्ञान प्राप्तिको मौका मिल्ला । सामाजिक मान सम्मानमा वृद्धि आउला ।
कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
आफन्तबाटै घात प्रतिघात होला । हीनताबोध महसुस होला । मानसिक चिन्ता बढ्ने उच्च सम्भावना रहला ।
तुला(रा,रि,रु,रे,रो,ता,ती,तु,ते)
आम्दानी बढ्नाले मनमा उत्साह बढ्ला । दीर्घकालीन फाइदा हुने निर्णय लिन सकिएला । कुनै सुखद खबरको प्राप्ति होला ।
बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यी,यु)
गरिरहेको कामभन्दा बाहिरी कामबाट फाइदा होला । पहिलेको सफलताले हौसला बढ्ला । अनपेक्षित व्यक्तिबाटै सहयोग प्राप्त होला ।
धनु(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
लामो समयदेखि रोकिएका कार्यहरु पुन: सुचारू होलान् । कुनै नयाँ कार्ययोजना तय होला । सामाजिक उत्तरदायित्व बढ्ला ।
मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
अन्तिममा पुगेर भइरहेको काम बिग्रिने उच्च सम्भावना रहला । अनावश्यक वादविवादमा समय व्यतीत होला । कार्यसम्पादनमा ह्रास आउला ।
कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,द)
कला साहित्यमा रुचि बढ्ला । राज्यपक्षबाट राम्रो साथ सहयोग प्राप्त होला । घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा सरिक भइएला ।
मीन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)
घरमा नवीन चहलपहल छाउला । प्रतिस्पर्धात्मक कार्यमा उत्कृष्टता प्रदर्शन गर्न सफल भइएला । आफूले गरेको कार्यमा आत्मसन्तुष्टि मिल्ला ।
तपाईंको दिन शुभ रहोस् ।









