जिन्छनको सुविधा सम्पन्न मेगाबक्समै चलचित्र प्रदर्शन गरी बाढीपीडितलाई राहत वितरण
विशाल आवाज: नेपाली चलचित्र “छक्का पञ्जा ५” दक्षिण कोरियाको जिन्छनको मेगाबक्समा अक्टोबर १२ तारिखका दिन प्रदर्शन गरि नाफा आएको रकमबाट इवल समाज दक्षिण कोरियाले बाढी पीडितलाई राहत सामग्री वितरण गरेको छ।
पछिल्लो समय दक्षिण कोरियामा विभिन्न अभियानको नाममा कार्यक्रम आयोजना गर्ने क्रम बढ्दो मात्रामा छ। तर कतिपय संघसंस्थाले विभिन्न अभियानको नाममा कार्यक्रम गरेता पनि अन्तिममा हिसाबकिताब सार्वजनिक समेत गर्न आनाकानी गरिरहेको अवस्थामा इवल समाज दक्षिण कोरियाले भने आपतकालीन राहतको सहयोगार्थ भनी जिन्छनमा प्रदर्शन गरिएको चलचित्र “छक्का पञ्जा ५” बाट सङ्कलित रकमबाट बाढी पीडितलाई राहत स्वरूप सामग्री वितरण गरेको छ।
काभ्रे नमोबुद्ध नगरपालिका ६ भाङ्गेडाँडा चरङ्गेफेदिमा (रोशि खोला) मा गत वर्ष आएको बाढी पहिरोको कारण खानेपानीको पाइप बगाइ खानेपानीमा समस्या आएको हुँदा राहत स्वरूप समाजले खानेपानी...

