Advertisement
Advertisement

Day: २ कार्तिक २०८१, शुक्रबार १३:२०

रवि लामिछाने पक्राउ

रवि लामिछाने पक्राउ

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन्। काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाट केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरेको हो।  उनलाई पक्राउ गर्न सिआइबीका एसपी होबिन्द्र बोगटी पुगेका थिए। उनी नेतृत्वको टोलीले स्थलमार्गबाट पोखरा लैजाने तयारी छ। रवि लामिछानेले प्रहरीलाई अनुरोध गरेपछि गाडीबाटै लैजान लागेको हो। जिल्ला अदालत कास्कीबाट लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो। जारी भएसँगै सिआइबीको टोली उनलाई पक्राउ गर्न पुगेको हो।  जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा पुर्जी जारी भएको हो। सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन ...
“१२ गाउँ” अक्टोबर २७ मा सुवनको मेगाबक्समा लाग्दै

“१२ गाउँ” अक्टोबर २७ मा सुवनको मेगाबक्समा लाग्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
कोरिया अपडेट:नेपाली चलचित्र १२ गाउँ दक्षिण कोरियाको मेगाबक्समा प्रदर्शन हुने भएको छ । कोरियामा सक्रिय सल्यानी समाज दक्षिण कोरियाको आयोजना तथा राप्ती समाज र कर्णाली प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा यो चलचित्र प्रदर्शन हु्न लागेको हो ।  आगामी अक्टोबर २७ आइतबारका दिन कोरियाको सुवनस्थित मेगाबक्समा चलचित्र प्रदर्शन हुँदैछ । चिसो मौसम शुरु हुनै लाग्दा नेपालका बिभिन्न विद्यालयका प्राथमिक तहका बालबालिकाहरुलाइ न्यानो वितरण गर्ने उद्धेश्यले चलचित्र प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ । आइतबार मध्यान्ह ठिक १२ बजेदेखी चलचित्र प्रदर्शन शुरु हुनेछ । बिराज भट्टको निर्देशन तथा उनका छोरा समिर भट्ट अभिनित चलचित्रले नेपालमा राम्रो व्यापार गरिरहेको छ । गत बिहिबार फूलपातिदेखी चलचित्र प्रदर्शनमा आएको थियो । 𝐎𝐍𝐋𝐈𝐍𝐄 𝐓𝐈𝐂𝐊𝐄𝐓 𝐎𝐏𝐄𝐍 12 𝐆𝐀𝐔𝐍,𝐒𝐔𝐖𝐎𝐍 𝐒𝐇𝐎𝐖,🅼🅴🅶🅰🅱🅾🆇 𝗧𝗶𝗰𝗸𝗲𝘁 𝗽𝗿𝗶𝗰𝗲:30000 𝘄𝗼𝗻 खातावालाको नाम: BUD...
रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

Breaking News, Breaking news 1, भर्खरै
  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । सहकारी ठगीका विषयमा छानविन गर्न गठित संसदीय समितिले रविमाथि कारवाही सिफारिस गरेको थियो । सहकारीबाट रकम रविले ल्याएको नभए पनि कम्पनीमा आएपछि खर्च गरेकोमा उनलाई दोषि ठहर्याइएको छ । आज कास्की प्रहरी प्रमुख आफैं रविलाई पक्राउ पूर्जि लिन जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । अदालतमा उपलब्ध एक मात्र न्यायाधीस कृष्णजंग साहले पक्राउका लागि अनुमति दिएका हुन् ।  ...
आजको राशिफल : २०८१ कात्तिक २ गते (शुक्रवार)

आजको राशिफल : २०८१ कात्तिक २ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो) शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि मिहिनेतले लाभ दिलाउनेछ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। स्वास्थ्य र सुमधुर सम्ब...