कोरियामा दोश्रो तमू धीं ख्यङ्साङ् बुसान कप २०२४ आउँदो नोभेम्बर १७ मा हुने
बोम्जन गुरुङ /कोरिया:कोरियाको दक्षिणी भेगमा रहेको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा, तमू धी बुसान एफसीको आयोजनामा पुरुष तथा महिला फूटसल लिग प्रतियोगिामा २०२४ हुने भएको छ । "राष्ट्रिय पहिचानको लागि खेलकूद, स्वास्थ्य र मनोरञ्जनको लागि खेलकूद" भन्ने नारासँगै आउँदो १७ नोभेम्बरमा (밀양시 사문동 670 풋살장) स्थित खेलमैदानमा सो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष गितासिंह गुरुङले बताए ।
सो प्रतियोगितामा पुरुषतर्फ विजेता र उपविजेता टिमले क्रमशः ३० लाख र २० लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने, खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले नगद जनही १ लाख कोरियन वोन सहित ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गर्नेछन् । पुरुष टिम दर्ता शुल्क ३ लाख कोरियन वोन रहेको सोही आयोजक संस्था एफसीका खेल संयोजक हेमन्त गुरुङले जानकारी दिए ...

