Advertisement
Advertisement

Day: २९ श्रावण २०८१, मंगलवार १२:१९

“प्रथम नोन्सान कप २०२४” को सम्पूर्ण तयारी पूरा

“प्रथम नोन्सान कप २०२४” को सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “आपसी मित्रता र एकताको परिचय, स्वस्थ जीवनको लागि खेलकुद।” भन्ने मूल नाराका साथ  यहि आउदो आइतबार अगस्ट १८  तारिखका दिन नोन्सानमा नोन्सान एफ.सिले आयोजना गर्न लागेको “प्रथम नोन्सान कप २०२४” को सम्पूर्ण तयारी पूरा भएको संस्थापक अध्यक्ष सोनाम शेर्पाले विशाल आवाजलाई बताउनुभएको छ।  बिहान ९ बजे बाट शुरु हुने १६ वटा टिम सहभागी रहने प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी‌‌लाइ कोरियन १ लाख वन , उत्कृष्ट गोलकिपर , हाइ गोल स्कोरर लाइ जनही ५०/५० हजार कोरियन वन  सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजक आयोजक संस्थाका रमेश लामाले विशाल आवाज लाइ जानकारी दिएका छन्। नोन्सानको 탑정시민체육공원 मा आयोजना हुने प्रतियोगितामा नोन्सान एभरे...
काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले बृहत बनभोज सहित बार्षिक साधारणसभा कार्यक्रम गर्दै

काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले बृहत बनभोज सहित बार्षिक साधारणसभा कार्यक्रम गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: कोरियन महान पर्व छुसकको अवसर पारी दक्षिण कोरियामा रहेको काभ्रे सम्पर्क समितिले आफ्नो वार्षिक साधारण सभासहित बृहत वनभोज कार्यक्रम गर्ने भएको छ। सेप्टेम्बर १४ र १५ तारिखका दिन सौलमा कार्यक्रम आयोजना गर्ने भएको हो।  आफ्नो स्थपनाकाल देखीनै सक्रिय रुपमा सामाजिक गतिविधिमा संलग्न हुँदै आएको दक्षिण कोरियामा रहेका काभ्रेलीहरुको साझा संस्था काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले सेप्टेम्बर १४ तारिख दिउँसो ३ बजेदेखि १५ तारिख बिहान ११ बजेसम्म 북한산 मा रहेको रमाइलो वातावरणमा आफ्नो बार्षिक साधारणसभा सहित बनभोज कार्यक्रम गर्ने भएको हो। संस्थाको अगस्ट महिनाको पहिलो आइतबार बसेको केन्द्रिय समितिको नियमित बैठकबाट साधारणसभा सहितको बनभोज कार्यक्रम गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष सुमन चौलागाईंले विशाल आवाजलाई जानकारी दिएका छन।  विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम...
आजको राशिफल : २०८१ साउन २९ गते (मंगलवार)

आजको राशिफल : २०८१ साउन २९ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ। मध्याह्नपछि श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ भने सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ...