Advertisement
Advertisement

Day: ६ श्रावण २०८१, आईतवार ११:४९

कोरियामा “फोनमनी साथमा १ करोड हातमा”

कोरियामा “फोनमनी साथमा १ करोड हातमा”

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा एक करोड कोरियन वन जित्ने अफर सार्वजनिक भएको छ । फोनमनीले आज “फोनमनी साथमा उपहार हातमा” योजना सार्वजनिक गरेको हो । आफ्नो ग्राहकहरुले बैंक खाता, नगद भुक्तानी , तथा ईसेवा वालेटमा कारोबार गर्नेलाई यो उपहार योजनामा समावेश गरिने बताइएको छ । यो संगै हरेक हप्ता पठाएको पैसा डबल हुने निश्चित योजनाको अफर डिसेम्बर २०२४ सम्मको लागि कम्पनीले सार्वजनिक गरेको छ । यसअघि ईसेवा मनी ट्रान्सफर संगको सहकार्यमा फोनमनी कोरियाबाट नेपाल पैसा पठाउदा काठमाण्डौंमा घर जित्ने अफर कार्तिक ३० गते सम्म लाई निर्धारण गरेको छ । दक्षिण कोरियाको फोनमनी रेमिटयान्सबाट ईसेवा मनी ट्रान्सफर मार्फत ईसेवा वालेटमा पैसा पठाउदा काठमाण्डौमा घर जित्ने अफर भने वालेटको लागि रहेको फोनमनी रेमिटयान्स कम्पनी कोरियाले जनाएको छ । भर्खरै मात्र फोनमनीले “फोनमनी साथमा उपहार हातमा” उपहार योजना अन्तर्गत ए...
अगस्ट ३ मा बुसानमा हुने “समर डान्स पार्टी २०२४” को प्रचारप्रसार व्यापक,फोटो फिचर सहित

अगस्ट ३ मा बुसानमा हुने “समर डान्स पार्टी २०२४” को प्रचारप्रसार व्यापक,फोटो फिचर सहित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै
विशाल आवाज: दक्षिण कोरियाको ठुलो शहर बुसानमा गर्मिको अवसर पारेर सेवारो इन्टरटेन्मेन्टको आयोजना तथा किरात याक्थुङ चुम्लुङ बुसान शाखाको सहयोगमा अगस्ट ३ तारिख शनिबार हुने “समर डान्स पार्टी २०२४”को प्रचारप्रसार व्यापक रूपमा अघि बढिरहेको छ। किरात याक्थुङ चुम्लुङ बुसान शाखाद्वारा सञ्चालित युमा तरेबा हिम (सेल्टर) सञ्चालन सहयोगार्थ अगस्ट ३ तारिख शनिबारका दिन बुसानको 가야로 202. 태평포시즌 건물 1층 मा साझ ८ बजेदेखि बिहान ४ बजेसम्म ननस्टप डिजे म्युजिकको साथमा हुने “समर डान्स पार्टी २०२४” को व्यापक प्रचारप्रसारको लागि बुसान किम्हेमा रहेको नेपाली रेस्टुरेन्ट लगायत विभिन्न कार्यक्रमहरूमा आयोजकले पोस्टर लाँदै सार्वजनिक गरी प्रचारप्रसार गरिरहेको छ। DJ CMAN र र्यापर DORZ JOJO को साथमा हुने समर डान्स पार्टी २०२४ को प्रवेश शुल्क २०,००० वन तोकिएको साथै किम्हे सागरि बाट हलसम्म जानको लागि निःशुल्क गाडीको व्यवस्था ...
नेप्से आज पनि बढ्यो, एकै दिन १५ अर्ब बढीको कारोबार

नेप्से आज पनि बढ्यो, एकै दिन १५ अर्ब बढीको कारोबार

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६१ अङ्कले बढेको छ । निरन्तर बढी रहेको नेप्से परिसूचक आज ६१.६१ अङ्कले बढेर २४८५.९४ विन्दुमा अडिएको हो । आइतबार ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयरको खरिदबिक्री हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन कारोबारमा आएका १८१ कम्पनीको शेयर मूल्य बढेको छ । भने, ५६ कम्पनीको शेयर मूल्य घटेको छ । आज युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त वित्तीय संस्था र हिमालयन बैंक लिमिटेडको शेयर सर्किट लेबलमा कारोबारका साथ सर्वाधिक नफा कमाएका छन् । कारोबारका आधारमा सोल्टी होटल्स लिमिटेड ३४ करोड १० लाख ९६ हजार रूपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । गत सातादेखि निरन्तर उछाल भइरहेको नेप्से गत बिहीबार ५९.६८ अंकले बढेर २४२४ को विन्दुमा अडिएको थियो । जहाँ करिब २८ महिनायताकै उच्च व...
ओलीले सार्वजनिक गरे कांग्रेस–एमालेबीच भएको ७ बुंदे सहमति (पूर्णपाठ)

ओलीले सार्वजनिक गरे कांग्रेस–एमालेबीच भएको ७ बुंदे सहमति (पूर्णपाठ)

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
प्रधानमन्त्री केपी ओलीले सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले मध्यरातमा गरेको ७ बुंदे सहमति सार्वजनिक गरेका छन् । संघीय संसदको प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले दुई दलबीच भएको सहमतिको पत्र जस्ताको तत्तै पढेर सुनाउछु भन्दै सार्वजनिक गरेका हुन् । ओलीले सिंगो मुलुक चरम निराशामा पुगेकाले त्यो निराशा चिरेर मुलुकलाई आशा र उत्साह भर्न र तीव्र आर्थकि बृद्धिका लागि सरकारले काम गर्ने बताएका छन् । प्रतिनिधिसभा विश्वासको मत प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै उनले अहिले मुलुक २०४६ साल यताकै निराशामा पुगेको बताए । 'सिंगोदेश चरम निराशामा छ । २०४६ सालपछि चरम निराशा पुग्यो । अर्थतन्त्र डामाडोल छ । १४ खर्ब राजस्व उत्पादन गर्नुपर्नेमा अहिले २४ प्रतशित राजस्व कम उत्पादन भएको छ' प्रधानमन्त्री ओलीले भने । उनले अहिले बैंकमा पैसा थुप्रिएको तर कुनै पनि व्यव...
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् । प्रदेश सभाबाट प्रदेश प्रमुख कार्यालय गएर मुख्यमन्त्री जम्कट्टेलले राजीनामा बुझाएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा रहेका उनले प्रदेश सभाबाट विश्वासको मत  नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन् ।  गत २०७९ पुस २५ मा जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ...
आजको राशिफल : २०८१ साउन ६ गते (आईतवार)

आजको राशिफल : २०८१ साउन ६ गते (आईतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बोलिको प्रभावले नसोचेको कामहरु हुनेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई ब...