विशाल आवाज: दक्षिण कोरियाको ठुलो शहर बुसानमा गर्मिको अवसर पारेर सेवारो इन्टरटेन्मेन्टको आयोजना तथा किरात याक्थुङ चुम्लुङ बुसान शाखाको सहयोगमा अगस्ट ३ तारिख शनिबार हुने “समर डान्स पार्टी २०२४”को प्रचारप्रसार व्यापक रूपमा अघि बढिरहेको छ।

किरात याक्थुङ चुम्लुङ बुसान शाखाद्वारा सञ्चालित युमा तरेबा हिम (सेल्टर) सञ्चालन सहयोगार्थ अगस्ट ३ तारिख शनिबारका दिन बुसानको 가야로 202. 태평포시즌 건물 1층 मा साझ ८ बजेदेखि बिहान ४ बजेसम्म ननस्टप डिजे म्युजिकको साथमा हुने “समर डान्स पार्टी २०२४” को व्यापक प्रचारप्रसारको लागि बुसान किम्हेमा रहेको नेपाली रेस्टुरेन्ट लगायत विभिन्न कार्यक्रमहरूमा आयोजकले पोस्टर लाँदै सार्वजनिक गरी प्रचारप्रसार गरिरहेको छ। DJ CMAN र र्यापर DORZ JOJO को साथमा हुने समर डान्स पार्टी २०२४ को प्रवेश शुल्क २०,००० वन तोकिएको साथै किम्हे सागरि बाट हलसम्म जानको लागि निःशुल्क गाडीको व्यवस्था समेत गरेको आयोजकले विशाल आवाज मार्फत जनाएको छ।

अगस्ट ३ तारिख मा हुने SUMMER DANCE PARTY 2024 सफल पार्नको लागि दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण पार्टी लभर दाजुभाइ तथा दिदीबहिनी लगायत कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, पत्रकार एवं सम्पुर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लगायत दक्षिण कोरिया बासि सम्पुर्णमा उपस्थितीका लागि आयोजकले अनुरोध गरेको छ।










