के हो त !दक्षिण कोरियाको युनिभर्सिटिमा बालेनको लिडरसिपको बारेमा प्रोफेसरले प्रेजेन्टेसन दिदै भनेर भाईरल तस्बिरको रहस्य
बिशाल आवाज : पछील्लो समय दक्षिण कोरियाको एक विश्व बिध्यालयमा बालेन र उनको लिडर सिपको बारेमा विद्यार्थीहरु लाई प्रेज़ेंटेशन दिदै एक प्राध्यापक भन्दै एक तस्बिर सामाजिक सन्जालमा भाईरल भैरहेको छ ।
बिभिन्न सामाजिक अभियान्तादेखि लिएर नेपालकै लोकप्रिय भनेर चिनिने पेज हरु र फेसबुक ग्रुप हरुमा समेत प्राध्यापकले बालेनको बारेमा प्रेज़ेंटेशन दिदै भन्ने क्याप्सन राखेर तस्बिर हालिरहेका छन । के साच्चै उहा हरुले भने जस्तै प्राध्यापक ले नै क्लास दिरहेका हुन त बालेनको बारेमा!! यो बारेमा फ्याक्ट चेक गरेर सत्यतथ्य पत्ता लगाउन गैरहेका छौ।
बास्तबमा भएको के हो? घटना कहिलेको हो?अनी अहिले आएर भाईरल कसरी हुन पुग्यो? के वास्तबमै प्राध्यापकनै थिए त!
हामीले तस्बिर लाई लिएर खोज्दै जादा तस्बिरमा प्रेज़ेंटेशन दिदै गरेका ब्यक्ती समक्ष पुग्न सफल भयौ र वास्तविकता बुझ्ने कोशीस गर्यौ । बाहिर सामाजिक सन्जालमा हल्ला भएजस्...

