अप्रिल १३ मा कोरिया सुवनमा “बिक्रम सम्वत् नाईट डान्स पार्टी” हुने
बोम्जन गुरुङ:कोरियाको प्रसिद्ध सुवन सहरमा नेपालीहरुको नयाँ वर्ष २०८१ सालको आगमनको अवसरमा वन्जु मुन्माक मैत्री समाजले आउँदो अप्रिल १३ तारिक शनिबार "बिक्रम सम्वत् नाईट डान्स पार्टी" आयोजना गर्ने भएको छ । प्रवासमा रहेपनि नेपाली नयाँ वर्षलाई स्वागत गर्दै एक आपसमा खुशी साटासाट गर्ने उद्धेश्यका साथ सुविधा सम्पन्न हल (경기 수원시 팔달구 매산로1가, 115-4 타워 콜라텍) मा उक्त कार्यक्रम आयोजना हुने भएको हो ।
कोरियाको DJ को दुनियाँमै एकछत्र राज गरिरहेका सबैखाले मिक्स गीतसंगीत बजाउन माहिर DJ CMAN को साथमा नयाँ दृश्य ब्याण्डको लाईभ प्रस्तुति रहने जानकारी आयोजक समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । गत छुसकमा नेपालका पप विधाका प्रख्यात गायक सबिन राईको सांगीतिक कार्यक्रम भएको बेला आफ्नो धमाकेदार प्रस्तुति दिएर वाहवाही बटुल्न सफल नवोदित नयाँ दृश्य ब्याण्डको म्यूजिकल लाईभ हुने भएकोले कार्यक्रम थ...

