Advertisement
Advertisement

अप्रिल १३ मा कोरिया सुवनमा “बिक्रम सम्वत् नाईट डान्स पार्टी” हुने

Advertisement
Advertisement

 

 

बोम्जन गुरुङ:कोरियाको प्रसिद्ध सुवन सहरमा नेपालीहरुको नयाँ वर्ष २०८१ सालको आगमनको अवसरमा वन्जु मुन्माक मैत्री समाजले आउँदो अप्रिल १३ तारिक शनिबार “बिक्रम सम्वत् नाईट डान्स पार्टी” आयोजना गर्ने भएको छ । प्रवासमा रहेपनि नेपाली नयाँ वर्षलाई स्वागत गर्दै एक आपसमा खुशी साटासाट गर्ने उद्धेश्यका साथ सुविधा सम्पन्न हल (경기 수원시 팔달구 매산로1가, 115-4 타워 콜라텍) मा उक्त कार्यक्रम आयोजना हुने भएको हो ।

कोरियाको DJ को दुनियाँमै एकछत्र राज गरिरहेका सबैखाले मिक्स गीतसंगीत बजाउन माहिर DJ CMAN को साथमा नयाँ दृश्य ब्याण्डको लाईभ प्रस्तुति रहने जानकारी आयोजक समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । गत छुसकमा नेपालका पप विधाका प्रख्यात गायक सबिन राईको सांगीतिक कार्यक्रम भएको बेला आफ्नो धमाकेदार प्रस्तुति दिएर वाहवाही बटुल्न सफल नवोदित नयाँ दृश्य ब्याण्डको म्यूजिकल लाईभ हुने भएकोले कार्यक्रम थप आकर्षक हुने सो कार्यक्रमका संयोजक सन्तोष गुरुङले थपे ।

प्रवेश शुल्क २५ हजार कोरियन वोन निर्धारण गरिएको सो शुल्क सँगै निःशुल्क क्यान बियर प्रदान गरिनुका साथै सशुल्क चमेना गृहको व्यवस्था सहित Hard/Soft” ड्रिंक्सको व्यवस्था गरिने सोही समाजका प्रतिनिधि भिम घिसिङले बताएका छन् । उक्त डान्स पार्टीमा शनिबार राती ९ बजेदेखि शुरु भई बिहान ४ बजेसम्म रमाउन सकिने सन्दर्भ उल्लेख गर्दै विशेष सुरक्षा र संयमताको प्रत्याभूति दिलाउन पर्याप्त कोरियन बाउन्सरको समेत व्यवस्था गरिने समाजका महासचिव सुवास ठकुरीले स्पष्ट पारे ।

यसभन्दा अगाडी पिकनिक, चलचित्र प्रदर्शन लगायत अन्य सामाजिक क्रियाकलापमा सक्रिय रहँदै कोरियास्थित विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै आईरहेको वन्जु मुन्माक मैत्री समाजद्धारा आयोजित सो “बिक्रम सम्वत् नाईट डान्स पार्टी” कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाईदिनुहुन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजक समाजले हार्दिक अनुरोध गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?Misty Casino’da oynanan bakara oyunu, birçok oyuncu ...

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×