कोरियामा कुकुरको मासु खान प्रतिबन्ध
गोविन्द बानिया :कुकुरको मासु खाने देश भनेर चिनिएको दक्षिण कोरियामा अब कुकुरको मासु खान प्रतिबन्ध लगाइएको छ । मंगलबार कोरियाली संसद बाट कुकुरको बध गर्ने तथा मासुको प्रयोजनका लागी किनबेच गर्न प्रतिबन्ध लगाउने कानुन पारित भएसंगै अब कोरियामा कुकुरको मासुमा आधिकारिक रुपमै प्रतिबन्ध लागेको हो ।
सन् २०२७ सम्म पूर्ण रुपमा कुकुरको मासु खाने पुरानो प्रचलन अन्त्य गर्ने कानुनमा उल्लेख छ । यो कानुन लागु भएपछि कुकुरको बध वा मासु बिक्रीवितरण गरेमा ३ वर्षसम्म जेल सजाय हुनेछ । अहिले कुकुरको मासुको व्यवसाय गरिरहेका तथा कुकुरको मासु बेच्ने रेष्टुरेण्ट चलाइरहेका व्यवसायिहरुलाइ अन्य व्यवसायमा परिवर्तन गर्न सरकारले सहुलियत पनि दिनेछ। कोरियामा अहिले ३ हजार ५ सय वटा कुकुर फार्म छन् । भने यो ३ हजार बढी रेष्टुरेण्ट छन् ।
मासु खाने प्रयोजनले पालिएका कुकुरको संख्या १५ लाख रहेको छ । कोरियामा सामान्य खा...

