कमला केसी/विशाल आवाज:दक्षिण कोरियामा रहेको गण्डकी प्रदेश समाजले स्वास्थ्य सम्वन्धि जनचेतना फैलाउने उद्धेश्यश्यले गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम संचालन गर्ने भएको छ ।
समाजले आगामी शनिवारदेखि हरेक महिनाको दुईवटा कार्यक्रम संचालन गर्न थालेको हो । प्रवासमा रहेका नेपालीहरुमा हुने स्वास्थ्य सम्वन्धि समस्या र जिज्ञासाको समाधानका लागि यो कार्यक्रम संचालन गर्न थालिएको गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभयो ।
पोखरामा रहेको ओम हस्पिटल डाईग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रालि र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेण्टर प्रालिसँगको सहकार्यमा स्वास्थ्य परामर्श कार्यक्रम संचालन गर्न थालिएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश समाजका हेल्थ डेस्क संयोजक एबं गण्डकी प्रदेश समाजका उपाध्यक्ष देवी गौतमका अनुसार कार्यक्रम संचालनकमा लागि दुवै अस्पतालसँग सम्झौता समे...