Advertisement
Advertisement

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले “गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम” गर्दै 

Advertisement
Advertisement

 

कमला केसी/विशाल आवाज:दक्षिण कोरियामा रहेको गण्डकी प्रदेश समाजले स्वास्थ्य सम्वन्धि जनचेतना फैलाउने उद्धेश्यश्यले गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम संचालन गर्ने भएको छ ।

समाजले आगामी शनिवारदेखि हरेक महिनाको दुईवटा कार्यक्रम संचालन गर्न थालेको हो । प्रवासमा रहेका नेपालीहरुमा हुने स्वास्थ्य सम्वन्धि समस्या र जिज्ञासाको समाधानका लागि यो कार्यक्रम संचालन गर्न थालिएको गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभयो ।

पोखरामा रहेको ओम हस्पिटल डाईग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रालि र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेण्टर प्रालिसँगको सहकार्यमा स्वास्थ्य परामर्श कार्यक्रम संचालन गर्न थालिएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश समाजका हेल्थ डेस्क संयोजक एबं गण्डकी प्रदेश समाजका उपाध्यक्ष देवी गौतमका अनुसार कार्यक्रम संचालनकमा लागि दुवै अस्पतालसँग सम्झौता समेत भैसकेको छ । कार्यक्रमका साथै गण्डकी प्रदेश समाजको सदस्यता प्राप्त गरेका सदस्य र परिवारको उपचारमा समेत ओम हस्पिटल डाईग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रालि र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेण्टर प्रालिवाट उपचारको विभिन्न शिर्षकमा छुट र सहुलियत दिइने गरी सम्झौता गरिएको उहाँले बताउनुभयो ।

दुवै अस्पतालका विशेषज्ञ डाक्टरहरुलाई प्रत्येक कार्यक्रममा अतिथिको रुपमा आमन्त्रण गरिने भएको छ । विभिन्न स्वास्थ्यसँग सम्वन्धित समस्या र जिज्ञासाको विषयमा सम्वन्धित डाक्टरले जवाफ दिने बताईएको छ ।

उक्त कार्यक्रम फेसबुक र युट्युव च्यानलवाट प्रत्यक्ष हेर्न र सुन्न सकिने समाजले जनाएको छ । कार्यक्रम नेपाली समय अनुसार शनिवार ४ः४५ बजे र कोरियामा राती ८ बजे प्रशारण हुने बताईएको छ ।

यसैबीच यो हप्ताको शनिवार हुने पहिलो शृङ्खलामा जेनेरल फिजिसियन छाती रोग विशेषज्ञ डा. सि.पी आचार्यसँग कुराकानी गरिने भएको छ । उक्त रोगसँग सम्बन्धित समस्याहरु भएमा प्रत्यक्ष लाईभमा वा अप्रत्यक्ष सम्पर्क गरेर आफ्ना समस्याहरु राख्न सकिने समाजका अध्यक्ष गिरिले जानकारी दिनुभयो । कार्यक्रमको प्रस्तोता समाजका संचार विभाग प्रमुख कमला केसीले रहनुभएको छ । हरेक शृङ्खलामा केसीले सहजीकरण गर्नुहुनेछ ।

ओम हस्पिटल डाईग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रालिका र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेण्टर प्रालि र गण्डकी प्रदेश समाज दक्षिण कोरियाबीच भएको समझदारी पत्रमा यि विषयलाई जोड दिईएको छ ।

१. प्रत्येक दुई-हप्ता निःशुल्क अनलाइन परामर्श प्रदान गरिनेछ ।

२. एक हप्ता अघि प्रिप्लान अनुसार विभिन्न विषय/डाक्टरहरूलाई सहभागि गराईने छ ।

३. आवश्यकता अनुसार अनलाइन बैठक हप्तामा एक पटक गर्न सकिने छ ।

४, कार्यक्रमको अवधि १ देखि डेढ घण्टा हुने छ ।

५.गण्डकी प्रदेश समाज, दक्षिण कोरियाका सबै सदस्य र उनीहरूको परिवारका सदस्यहरूलाई इकोकार्डियोग्राफी, अपरेशन, प्रक्रिया, बेड चार्ज र फार्मेसीमा ७ प्रतिशत छुट दिइने र यदि’ गरिब बिरामी र गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले थप छुट सिफारिस गर्न सक्नेछ ।

६ अस्पतालले प्रयोगशाला, सीटी स्क्यान, अल्ट्रासाउन्ड, एक्सरेमा २०% छुट दिन सक्ने छ ।

७. गण्डकी प्रदेश समाज, दक्षिण कोरियाका सदस्यका लागि मात्र सम्पूणर् बडी प्याकेज ४०% छुट हुने छ ।

8 गण्डकी प्रदेश समाजका परिवारका सदस्यलाई मात्रै सम्पूणर् शरीर प्याकेजमा ३०% छुट,

९. कुनै समस्या र थप सेवा आवश्यक भएमा मेडिप्लस अस्पतालबाट प्रतिनिधि र गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको संयोजक/अध्यक्षको निणर्य गरिनेछ ।

१०. गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले मेडिप्लस अस्पताललाई आफ्नो आधिकारिक अस्पताल घोषणा गर्नेछ ।

थप जानकारीका लागि हेल्थ डेक्स प्रमख देवी गौतमलाई ०१०-५५७४-३५५८ मा सम्पर्क गर्न पनि समाजले आग्रह गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Zalety systemu ubezpieczenia zakładów i gier Mostbet: Jak to działa?

Zalety systemu ubezpieczenia zakładów i gier Mostbet: Jak to działa?Witam, nazywam się Marcin Kowalski i w dzisiejszym artykule pr...

Jak streamować swoje sesje na żywo z Mostbet zgodnie z zasadami?

Jak streamować swoje sesje na żywo z Mostbet zgodnie z zasadami?Nazywam się Krzysztof Nowak, a dzisiaj chciałbym podzielić się z W...

Recenzja Yep Casino: Co opinie na forach internetowych mówią o lojalności Yep casino?

Recenzja Yep Casino: Co opinie na forach internetowych mówią o lojalności Yep casino?Nazywam się Jakub Nowak i dzisiaj postaram si...

Optimierte Akku-Nutzung bei ICE Casino für verlängerte Smartphone-Spielsessions

Optimierte Akku-Nutzung bei ICE Casino für verlängerte Smartphone-SpielsessionsMein Name ist Maximilian Schneider, und ich habe kü...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×