रजनि केसीको , रणजित मल्लको प्रेमकथामा आधारित “ङेङापा झ्यःया दरवारय्” सार्वजनिक भिडियो सहित
जनकवि दुर्गालाल श्रेष्ठको शब्द, न्ह्यू बज्राचार्यको संगीत र सत्यनारायण मानन्धरको स्वरमा सत्य कथामा आधारित गीत ‘ङेङापा झ्यःया दरवारय्’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोलाई विश्वास बज्राचार्यले निर्देशन गरेको छ भने कोरियोग्राफरको रूपमा रोहिया महर्जनले काम गरेको छ। दृश्यको छायाङ्कन र सम्पादन आकृष्ट शाक्यले गरेको हो। म्यूजिक भिडियोमा स्वयम गायक सत्यनारायण मानन्धर, नायक कर्मा शाक्य, मोडेल रोजिना सुवाल लगायतका कलाकारहरुले अभिनय गरेको छ।
गीतमा १७ औ शताब्दीको राजारानीको प्रेम कथा लेखिएको छ। तत्कालीन भारतको बेतियाबाट आएकी बृद्धिलक्ष्मी र भक्तपुरको राजा रणजित मल्लको प्रेम सम्बन्ध देखाइएको छ। बृद्धिलक्ष्मी रणजित मल्लसँग विवाह हुनु भन्दा ८ महिना अघि राजा भुपतिन्द्र मल्लले भारतको बेतिया बाट विवाह निम्ति भक्तपुरमा ल्याइएको थियो। उनिहरु बिच पलाउदै गरेको सुमधुर प्रेमलाई गी...

