मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्ने समय छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आजको मिहिनेतले भविष्यमा भने उपलब्धि प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। सामाजिक काममा अवसर पाइनेछ। शुभचिन्तकहरूले काममा साथ दिनेछन्। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
...
१२ मंसिर २०८०, मंगलवार ०१:२७१२ मंसिर २०८०, मंगलवार ०१:२७१२ मंसिर २०८०, मंगलवार ०१:२७ by विशाल श्रेष्ठNo Comments
परदेशी २ डिसेम्बर ३ मा सऊलको मेगाबक्समा प्रदर्शन हुदै
बिशाल आवाज :नारायण रायमाझी निर्देशित नेपाली चलचित्र ‘परदेशी-२’ कोरियाको राजाधानी सऊलको दोङ्देमुन हिस्टोरिकल पार्क छेउमा रहेको मेगाबक्समा यही आउदो डिसेम्बर ३ तारिकका दिन आइतबार १ बजे प्रदर्शन हुने तय भएको छ ।
इभेन्ट मेनेज्मेन्ट 𝐊𝐭𝐦2𝐬𝐞𝐨𝐮𝐥 को रहने डिसेम्बर ३ मा सौलको 🅼🅴🅶🅰🅱🅾🆇 मा विशेष प्रदर्शन (स्क्रिनिङ) हुने चलचित्रको अफिसियल मिडिया पार्ट्नर बिशाल आवाज र 𝐈𝐦𝐞 𝐦𝐞𝐝𝐢𝐚 रहेको छ । चलचित्र कोरियाको अरु धेरै सहरहरूमा प्रदर्शनको तयारी भईरहेको कोरियाको बितरक लक्ष्मी गुरुङ्ले जानकारी दिएका छन् । केही शहरहरुमा मिती र स्थान आगामी हप्तामा घोषणा गरिनेछ।
नेपालमा प्रदर्शनमा आएको दिन देखीनै चलचित्रले राम्रो ब्यापार गर्नुका साथै दर्शकको राम्रो साथ पाएको थियो । चलचित्र हेर्ने धेरैका आखाबाट आसु थामिनसक्नु मात्र थिएन कतिले अफ्नै घरको कथा ...