पोखरा माहानगरको टिम सङ्ग कास्की परिवार दक्षिण कोरियाले भेटघाट साथै परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
पोखराको हरित यातायात प्रणाली विकास परियोजनाको लागि कोरियन सरकारको निमन्त्रणामा दक्षिण कोरिया आउनु भएको माहानगरको टोलि सङ्ग कास्की परिवार दक्षिण कोरियाले भेटघाट साथै परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा माहानगरको तर्फबाट प्रशासकीय अधिकृत श्याम कृष्ण थापाले भ्रमणको उदेश्य र माहानगरले पोखराको यातायात व्यवस्थापनमा कोरियालि सरकारको सहकार्य बारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा पोखरा माहानगर पालिकाका प्रशासकीय अधिकृत श्याम कृष्ण थापा, पोखरा माहानगरपालिका १६ का अध्यक्ष साथै यातायात समिती उपाध्यक्ष अमृत तिमिल्सिना , इन्जिनियर सुदिप दवाडी साथै लेखा अधिकृत अर्जुन बराल सहभागी हुनुहुन्थ्यो ।
साथै कास्की परिवार बाट अध्यक्ष सन्तोष पौडेल , संरक्षक प्रबिण गिरि , बरिस्ठ सल्लाहकार आरती ह्याल्मो , कास्की परिवार सातौं कार्यसमिति सल्लाहकार लक्ष्मी गुरुङ, माहासचिव अशोक कुमार थ...

