एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्दी गुरुङ महासचिवमा डा. केशव थापा
एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्दी गुरुङ महासचिवमा डा.केशव थापा
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैरआवासीय नेपाली संघ(एनआरएनए) दक्षिण कोरिया को आगामी कार्यकाल २०२३-२०२५ को लागि नयाँ नेतृत्वको लागि सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक भएको छ । आइतवार भएको अनलाईन भोटिङको नतिजा साँझ बजे सार्वजनिक भएको हो । गंगाराज राइको संयोजकत्वमा बनेको निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा बुद्दी गुरुङ भोट ल्याएर १५२१ मत ल्याएर र महासचिवमा डा.केशव थापा १५११ मत ल्याएर निर्वाचित हुनु भएको छ ।
महासचिवमा बिजयी डा.केशव थापा
विभिन्न २४ पदका लागि चुनावी मैदानमा ४४ जनाले प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका थिए । कुल मतदाता ४४५८ रहेकोमा ३७६६ (८४.४८%) मत खसेको थियो।
एनआरएनए कोरियाको को ९औं मअधिवेशन जुलाई २९ तारिख यसैगरी बन्द सत्र ३० तारिख बिहान ९ बजे वाट १२ बजे सम्म र निर्वाचन ३० नै...

