बिक्रम बज्यू /दक्षिण कोरिया: नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) कोरियाको तेश्रो अधिबेशन सम्पन्न भएको छ। ”संचारमा समावेशी आवाज ” भन्ने मुल नाराका साथ फोनिज कोरियाको तेश्रो अधिबेशन शनिवार बेलुको ८ बजे भर्चुअल जुम मार्फत सम्पन्न भएको हो ।
अधिबेशनबाट गोकुल थोकरको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । अध्यक्षमा गोकुल थोकुर सर्वसम्मत चयन भए भने ,वरिष्ठ उपाध्यक्षमा उत्तम खाजुम , उपाध्यक्षमा विशाल श्रेष्ठ चयन हुँदा कोषाध्यक्षमा अमिर योन्जन चयन भएको छ। त्यसैगरी सचीवमा विमल सिं लामा , सह-सचीवमा रोशन राई चयन भएको छ। भने सदस्यहरुमा क्रमशः बिक्रम बज्यु,राम बहादुर तामाङ,निश्चल काउछ,गेल्छिरी शेर्पा,उदय लामा ,लक्ष्मण थोकर , राम बहादुर थोकर र एडिन छन्त्याल चयन भएको हो ।
विशाल आवाज संग कुरा गर्दै नव निर्वाचित अध्यक्ष थोकरले भने 'तीन - तीन बर्षमा हुन पर्ने अ...