नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले आगामी अक्टोबर २१ र २२ मा सोनसिक दशैं धमाका कार्यक्रम गर्ने
नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले आगामी अक्टोबर २१ र २२ मा सोनसिक दशैं धमाका कार्यक्रम गर्ने
दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संस्था नेपाली बिद्यार्थी समाज, कोरिया (सोनसिक) ले बिजयादशमी २०८० को अवसर पारेर सोनसिक दशैं धमाका-२०२३ कार्यक्रम गर्ने भएको छ । आगामी अक्टोवर महिनाको २१ र २२ तारिख गरी २ दिन सम्म संचालन हुने भनिएको उक्त दशैं धमाका कार्यक्रम ग्वाँजु स्थित पवित्र धार्मिक एवं पर्यटकीय स्थल देवांसा मन्दिरको प्राकृतिक क्षेत्रमा सम्पन्न हुन गईरहेको सोनसिकले जानकारी गराएको छ । हरेक बर्ष दशैंको अवसर पारेर बिबिध कार्यक्रमहरु गर्दै आइरहेको सोनसिकले यसपाली पनि दशैं बिशेष कार्यक्रम गर्न लागेको हो ।
कोरियाका बिभिन्न विश्वबिद्यालयका बिभिन्न तह र संकायमा अध्ययनरत नेपाली बिद्यार्थीहरु बिचमा सहयोग आदान-प्रदान गर्दै बिभिन्न कार्यक्रम मार्फत आपसी भाईचारा कायम गर्न भूम...


