Advertisement
Advertisement

नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले आगामी अक्टोबर २१ र २२ मा सोनसिक दशैं धमाका कार्यक्रम गर्ने

Advertisement
Advertisement

नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले आगामी अक्टोबर २१ र २२ मा सोनसिक दशैं धमाका कार्यक्रम गर्ने


दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संस्था नेपाली बिद्यार्थी समाज, कोरिया (सोनसिक) ले बिजयादशमी २०८० को अवसर पारेर सोनसिक दशैं धमाका-२०२३ कार्यक्रम गर्ने भएको छ । आगामी अक्टोवर महिनाको २१ र २२ तारिख गरी २ दिन सम्म संचालन हुने भनिएको उक्त दशैं धमाका कार्यक्रम ग्वाँजु स्थित पवित्र धार्मिक एवं पर्यटकीय स्थल देवांसा मन्दिरको प्राकृतिक क्षेत्रमा सम्पन्न हुन गईरहेको सोनसिकले जानकारी गराएको छ । हरेक बर्ष दशैंको अवसर पारेर बिबिध कार्यक्रमहरु गर्दै आइरहेको सोनसिकले यसपाली पनि दशैं बिशेष कार्यक्रम गर्न लागेको हो ।

कोरियाका बिभिन्न विश्वबिद्यालयका बिभिन्न तह र संकायमा अध्ययनरत नेपाली बिद्यार्थीहरु बिचमा सहयोग आदान-प्रदान गर्दै बिभिन्न कार्यक्रम मार्फत आपसी भाईचारा कायम गर्न भूमिका खेलेको सोनसिकले यसपालीको दशैं बिशेष कार्यक्रमलाई थप धमकेदार बनाउने गरि कार्यक्रम तयारी गरिरहेको सोनसिकका सभापति मेघनाथ पौडेलले बताए । सोनसिक दशैं धमाका कार्यक्रमका संयोजक एवं सोनसिकका सचिव नारायण शाहले यसपालीको दशैं बिशेष कार्यक्रममा संस्थामा आवद्द भएका र नभएका सबै नेपाली तथा बिदेशी बिद्यार्थी, प्राज्ञिक ब्यक्तित्व, बिभिन्न संघसंस्थाका प्रतिनिधि लगाएत संस्था प्रति सद्भाव राख्नेहरुको सहभागिता रहने बताए।


दुई दिन सम्म चल्ने उक्त दशैं बिशेष कार्यक्रमको मुख्य आकर्षण मध्ये क्याम्पींग फायर, सांस्कृतिक जमघट, स्वादिष्ट नेपाली परिकार, संग्रहालयको अवलोकन, सुनछन बे राष्ट्रीय बगैचाको भ्रमण आदि रहेका छन् । त्यसका साथ साथै बिभिन्न खेलहरु मार्फत रमाइलो गरिने र बिभिन्न आकर्षक उपहारहरुको पनि ब्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै दशैं बिशेष कार्यक्रममा औपचारिक कार्यक्रमका बिचमा अघिल्लो कार्यसमितिलाई बिदाइ गरिने कार्यक्रम पनि तय गरिएको आयोजकले जनाएको छ ।

www.sentbe.com

बहुसंस्कृतिक युगमा नेपाली संस्कृति, चाड-पर्वहरुको अन्तर्राष्ट्रियकरणमा पनि बिशेष चासो दिदै आएको सोनसिकले यसपालीको दशै बिशेष कार्यक्रमको लगत्तै अक्टोबर २८ मा नेपाली राजदुतावास र कोरियाको सांस्क्रितिक केन्द्र संग मिलेर कोरिया सांस्क्रििक आदान प्रदान महोत्सवको आयोजना गरेको छ ।

सन २००४ मा स्थापना भएको सोनसिक कोरियामा दर्ता भएको नेपाली बिद्यार्थीहरुको एक मात्र साझा संस्था हो । हरेक बर्ष नयाँ कार्यसमिति चयन हुने संस्थाको नियम अनुसार हाल सम्म १९ वटा कार्यसमिति मार्फत संस्थाले कोरियामा रहेका नेपाली बिद्यार्थी माझ बिभिन्न किसिममा सामाजिक, शैक्षिक, साँस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ । नेपाली बिद्यार्थीहरुको सहजता, सहि सूचनाको आदान प्रदान मार्फत सेवा पुर्याइ रहेको सोनसिकले कोरियामा मात्रै नभई नेपालमा पनि छात्रबृतिको बितरण मार्फत आफ्नो गतिबिधीलाई बिस्तार गरेको छ । ईपीएस प्रणाली मार्फत दक्षिण कोरिया आउने नेपालीहरुको बाहुल्यता भएता पनि छोटो समयमा नै बिज्ञान प्रबिधिको बिकास मार्फत आर्थिक फड्को मार्न सफल कोरियामा यहाँको शैक्षिक गुणस्तरका कारण बिदेशी बिद्यार्थीहरुको संख्या पनि दिनानुदिन बढ्दै गरेको र नेपाली बिद्यार्थीहरुका लागि पनि कोरिया एक उत्कृष्ट शैक्षिक गन्तब्य बन्दै गईरहेको सन्दर्भमा सोनसिकले आफ्ना गतिबिधीहरु मार्फत खेलेको अग्रणी भूमिकालाई बिशेष महत्वका रुपमा हेर्न सकिन्छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×