यही आउँदो आइतबार अर्थात् मार्च १५ सौलमा हुने नेपाली सम्पर्क समिति (NCC) को अधिवेशन नजिकिँदै जाँदा दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच चुनावी सरगर्मी बढ्न थालेको छ। अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने भएपछि अध्यक्ष पदका लागि विभिन्न व्यक्तित्वहरू आकांक्षीका रूपमा अगाडि देखिन थालेका छन्।
यसैक्रममा ईपीएस (EPS) प्रणालीमार्फत दक्षिण कोरिया प्रवेश गरी यहाँका विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय रहँदै आउनुभएका प्रविण गिरी पनि अध्यक्ष पदका बलिया आकांक्षीका रूपमा देखिनुभएको छ।लामो समयदेखि दक्षिण कोरियामा बसोबास गर्दै नेपाली समुदायबीच सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएका गिरी यसअघि कास्की परिवार दक्षिण कोरियाका अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ। साथै उहाँ कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका वर्तमान सल्लाहकार तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष समेत हुनुह...
२७ फाल्गुन २०८२, बुधबार ००:२०२७ फाल्गुन २०८२, बुधबार ००:२०२७ फाल्गुन २०८२, बुधबार ००:२० by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको Gyeongsangnam-do क्षेत्रमा क्रियाशील ख्यङ्नाम नेपाली समाज दक्षिण कोरिया को दोस्रो अधिवेशन हिजो भव्य रूपमा सम्पन्न भएको छ। Changwon स्थित Changwon Migrants Center मा आयोजित अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट रबि खवास अध्यक्ष पदमा निर्वाचित भएका छन्। त्यस्तै बरिष्ठ उपाध्यक्षमा दिपक रिमाल, उपाध्यक्षहरूमा सन्दिप रावत र बबिराज रोकाया, तथा महिला उपाध्यक्षमा रस्मा लामा निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिको महासचिवमा दिपक आचार्य, सचिवहरूमा मिलन रेग्मी र गजेन्द्र रुचाल, कोषाध्यक्षमा बाला थुलुङ राई तथा सह–कोषाध्यक्षमा केदार अधिकारी चयन भएका छन्।
समितिका सदस्यहरूमा महेश ढुङ्गाना, सुवास ढुङ्गाना, मनिश मगर, युवराज गिरि, बिष्णु ठकुल्ला, शिव आचार्य, बसन्त घिमिरे, सागर भट्टराई, रोशन क्षेत्री, नरेश ठकुराठी, निरज श्रेष्ठ, नवीन बाबु भण्डारी, खगेन्द्र बडाल, सञ्ज...
२५ फाल्गुन २०८२, सोमबार ०२:२६२५ फाल्गुन २०८२, सोमबार ०२:२६२५ फाल्गुन २०८२, सोमबार ०२:२६ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका नेपाली फुटबल तथा फुटसल क्लबहरूलाई लक्षित गर्दै “काष्ठमण्डप फुटसल कप–२०२६” आयोजना हुने भएको छ। जेजेएफ.सी. तथा जेजेएन नेपाली समाजको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता आगामी २२ मार्च २०२६ मा छनान सहरको सिनबाङदोङ ६४५–१ (म्याचअप फुटसल फिल्ड) मा सञ्चालन हुने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगितामा हालसम्मकै आकर्षक पुरस्कार राशी राखिएको छ। प्रतियोगिताको प्रथम पुरस्कार ४१ लाख ४१ हजार १ सय ४१ वन, दोस्रो पुरस्कार २१,२१,१२१ वन तथा सेमिफाइनलिस्ट टिमलाई ४,४४,४४४ वन प्रदान गरिनेछ।
त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १,५१,१११ वन, उत्कृष्ट गोलकिपरलाई १,११,१११ वन तथा उच्च गोलकर्तालाई १,११,१११ वन पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूका लागि टिम दर्ताको अन्तिम मिति १४ मार्...
२४ फाल्गुन २०८२, आईतवार २३:५७२४ फाल्गुन २०८२, आईतवार २३:५७२४ फाल्गुन २०८२, आईतवार २३:५७ by विशाल श्रेष्ठNo Comments