Advertisement
Advertisement

समाचार

Seoul Metro को नयाँ नियम लागू: ‘ट्याग आउट’ नगरे अतिरिक्त भाडा लाग्ने

Seoul Metro को नयाँ नियम लागू: ‘ट्याग आउट’ नगरे अतिरिक्त भाडा लाग्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
Seoul महानगरीय सबवेमा स्टेशनबाट बाहिरिँदा यातायात कार्ड ट्याग नगर्ने यात्रुले अब अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ। Seoul Metro ले शनिबारदेखि लागू गरेको यो नियम दूरीअनुसारको भाडा छल्ने प्रवृत्ति रोक्न ल्याइएको जनाएको छ। यो व्यवस्था सञ्जालभर लागू हुनेछ, जसमा Korail सञ्चालित लाइनहरू पनि समावेश छन्। कोरियामा सबवे भाडा प्रवेश र बाहिरिने दुवै समयमा कार्ड ट्याग गरेपछि मात्र दूरीअनुसार गणना हुन्छ। बाहिरिँदा ट्याग नगरे दूरी प्रमाणित नहुने भएकाले केही यात्रुले अतिरिक्त भाडा नतिर्ने दुरुपयोग गर्दै आएका थिए। नयाँ नियमअनुसार ‘ट्याग आउट’ नगरेको अवस्थामा अर्को यात्रामा आधारभूत भाडा बराबरको अतिरिक्त शुल्क स्वतः जोडिनेछ। वयस्कलाई १,५५० वोन, किशोरलाई ९०० वोन र बालबालिकालाई ५५० वोन अतिरिक्त शुल्क लाग्नेछ। सन् २००४ देखि लागू एकीकृत ट्रान्सफर प्रणालीमा ट्याग नगर्ने यात्रुले बस–सबवे छुट नपाए पनि रेल मात्...
सुदुरपश्चिम समाज दक्षिण कोरिया बुसान साखाको ११औँ अधिवेशन सम्पन्न केशव दत्त जोशिको नेतृत्वमा नयाँ कार्यसमिती चयन

सुदुरपश्चिम समाज दक्षिण कोरिया बुसान साखाको ११औँ अधिवेशन सम्पन्न केशव दत्त जोशिको नेतृत्वमा नयाँ कार्यसमिती चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको बुसानमा क्रियाशील सुदुरपश्चिम समाज दक्षिण कोरिया बुसान साखाको ११औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनले केशव दत्त जोशिलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। नवनिर्वाचित अध्यक्ष केशव दत्त जोशि लगायत सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। समाजको आगामी कार्यकालमा संगठनलाई अझ सशक्त, एकताबद्ध र सक्रिय बनाउँदै सुदूरपश्चिमेली समुदायको हक–हितका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ। नयाँ कार्यसमिति यस प्रकार रहेको छ:  • अध्यक्ष: केशव दत्त जोशि  • बरिष्ठ उपाध्यक्ष: चन्द्रदेव जोशि  • उपाध्यक्ष: बिनोद भट्ट  • उपाध्यक्ष: कृष्ण ब. सिंह  • महासचिव: हेनरी नेपाल  • सचिव: मोहन सिंह धामी  • कोषाध्यक्ष: बसन्त जोशि  • सह-कोषाध्यक्ष: सिर्जन साउद  • सदस्यहरू: विष्णु ठकुल्ला, नरेश सिंह ठकुराठी,...
नेपाली सम्पर्क समिति दक्षिण कोरिया द्वारा मार्च ४ सम्ममा प्रतिनिधि पठाउन आह्वान ,१९औँ अधिवेशनलाई ऐतिहासिक बनाउने तयारी तीव्र

नेपाली सम्पर्क समिति दक्षिण कोरिया द्वारा मार्च ४ सम्ममा प्रतिनिधि पठाउन आह्वान ,१९औँ अधिवेशनलाई ऐतिहासिक बनाउने तयारी तीव्र

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा क्रियाशील नेपाली समुदायको साझा संगठन नेपाली सम्पर्क समिति दक्षिण कोरिया (एनसीसी) ले आगामी मार्च १५ तारिख आयोजना हुने १९औँ अधिवेशनलाई भव्य, व्यवस्थित र प्रतिनिधिमूलक बनाउन तयारीलाई तीव्र बनाएको छ। अधिवेशनलाई समावेशी र प्रभावकारी बनाउन संस्थागत संरचनाभन्दा बाहिर रहेका विभिन्न संघ–संस्थाबाट पनि “एक संस्था, एक प्रतिनिधि सदस्य” पठाउन औपचारिक आह्वान गरिएको छ। समितिका अनुसार प्रतिनिधि सदस्यहरूले सामान्य सभा तथा अधिवेशनका महत्वपूर्ण निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागिता जनाउन पाउनेछन्। प्रतिनिधि सदस्यहरूलाई निर्वाचन प्रक्रियामा भाग लिन, उम्मेदवार बन्न तथा मतदान गर्न पाउने अधिकार रहने व्यवस्था गरिएको छ। प्रदेश समाजहरूबाट कम्तीमा सम्बन्धित प्रदेशका जिल्लाको संख्याभन्दा नघट्ने र अधिकतम सो संख्याको १० गुणासम्म प्रतिनिधित्व सुनिश्चित गरिने प्रावधान राखिएको समितिले जनाएको छ। प्र...