Advertisement
Advertisement

Day: ७ मंसिर २०८३, आईतवार ०८:०६

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

Breaking News, Breaking news 1, जानकारी, देश, भर्खरै, विदेश, समाचार
दक्षिण कोरियामा आयोजित ‘लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६’ बाट १ करोड २३ लाख ४४ हजार ८२५ कोरियन वन बचत भएको छ। उक्त बचतमध्ये नेपाली रुपैयाँ ९० हजार नेपालका बाढीपहिरो तथा प्राकृतिक विपत्तिपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाले जनाएको छ। लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रमुख आयोजना तथा लुम्बिनी प्रदेशअन्तर्गत दक्षिण कोरियामा स्थापित जिल्लागत एवं क्षेत्रगत संघसंस्थाहरूको सह–आयोजनामा गत सेप्टेम्बर २५ तारिख कोरियाली महान् पर्व छुसकको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। संस्थाको आपत्कालीन राहत कोष स्थापना गर्ने उद्देश्यसहित आयोजित कार्यक्रमको आर्थिक प्रतिवेदन समाजले सार्वजनिक गरेको हो। सार्वजनिक प्रतिवेदनअनुसार कार्यक्रमबाट कुल २ करोड ८५ लाख १३ हजार ८२५ कोरियन वन आम्दानी भएको छ र कार्यक्रम सञ्चालन...