दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। पूर्वी नेपाल समाज दक्षिण कोरियाको आयोजना तथा सुवन नेपाली समाजको बिशेष सहयोग र पूर्वी नेपाल समाज अनर्गतका सस्था हरुको सह आयोजनामा हुन लागेको उक्त कार्यक्रम मे २ सुवनमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा चर्चित गायक तथा कलाकारहरूको प्रस्तुति रहनेछ। मन्दिरा नेम्बाङ, सुनिल गुरुङ, प्रदीप राई, मनोज चाम्लिङ, जितेन्द्र सुनुवार,रबिन रेगम, भूपेन लिम्बु,सुजन कार्कि लगायतका गायकहरूको सांगीतिक प्रस्तुति रहनेछ भने प्रिन्स चौहान, आयुष उप्रेती, दिया खड्का र गोपिका नेपालजस्ता कलाकारहरूले नृत्य प्रस्तुत गर्नेछन्। साथै DJ NWEEEN ले पनि विशेष प्रस्तुति दिनेछन्।
यस कार्यक्रममार्फत प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता, संस्कृति र पहिचानलाई अझ मजबुत बनाउने उद्देश्य...