Advertisement
Advertisement

Day: २८ फाल्गुन २०८२, बिहीबार ११:५२

NCC को अध्यक्षमा प्रविण गिरीको दाबी, मार्च १५ को अधिवेशनप्रति बढ्दो चासो

NCC को अध्यक्षमा प्रविण गिरीको दाबी, मार्च १५ को अधिवेशनप्रति बढ्दो चासो

Breaking News, जानकारी, भर्खरै, समाचार
यही आउँदो आइतबार अर्थात् मार्च १५ सौलमा हुने नेपाली सम्पर्क समिति (NCC) को अधिवेशन नजिकिँदै जाँदा दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच चुनावी सरगर्मी बढ्न थालेको छ। अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने भएपछि अध्यक्ष पदका लागि विभिन्न व्यक्तित्वहरू आकांक्षीका रूपमा अगाडि देखिन थालेका छन्। यसैक्रममा ईपीएस (EPS) प्रणालीमार्फत दक्षिण कोरिया प्रवेश गरी यहाँका विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय रहँदै आउनुभएका प्रविण गिरी पनि अध्यक्ष पदका बलिया आकांक्षीका रूपमा देखिनुभएको छ।लामो समयदेखि दक्षिण कोरियामा बसोबास गर्दै नेपाली समुदायबीच सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएका गिरी यसअघि कास्की परिवार दक्षिण कोरियाका अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ। साथै उहाँ कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका वर्तमान सल्लाहकार तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष समेत हुनुह...