कमलामाई नगरपालिका-४ धुराफाँटमा गत आइबार दिउँसो घरमै जलेर मृत्यु भएकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको हत्या भएको रहस्य खुलेको छ। आइतबार दिउँसो करिब साढे ४ बजे साँढे दुई तला घरको बीचको तलाको भान्सा कोठामा बम्जनलाई उनकै सासु ५९ वर्षकी मायारानी बम्जन र नन्द ३५ वर्ष की मीना लामा (बम्जन)ले सुशीलाको शरीरमा पेट्रोल छर्केर आगो लगाई हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले सासु मायारानी बम्जन र नन्द मीना लामालाई आइतबार नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा नन्द मीना लामाले मृतक सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको भनी स्वीकार गरेको प्रहरी प्रमुख सुवेदीले बताए। सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो। घटनाअनुसार आइतबार सुशीला जलेको भान्सा कोठामा पेट्रोलसहितको दुईवटा बो...