Advertisement
Advertisement

सिन्धुलीमा ३२ वर्षीया सुशीलाको पेट्रोल छर्केर हत्या, श्रीमान् कोरियामा— सासू र नन्द पक्राउ

Advertisement
Advertisement

कमलामाई नगरपालिका-४ धुराफाँटमा गत आइबार दिउँसो घरमै जलेर मृत्यु भएकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको हत्या भएको रहस्य खुलेको छ। आइतबार दिउँसो करिब साढे ४ बजे साँढे दुई तला घरको बीचको तलाको भान्सा कोठामा बम्जनलाई उनकै सासु ५९ वर्षकी मायारानी बम्जन र नन्द ३५ वर्ष की मीना लामा (बम्जन)ले सुशीलाको शरीरमा पेट्रोल छर्केर आगो लगाई हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले सासु मायारानी बम्जन र नन्द मीना लामालाई आइतबार नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा नन्द मीना लामाले मृतक सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको भनी स्वीकार गरेको प्रहरी प्रमुख सुवेदीले बताए। सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो। घटनाअनुसार आइतबार सुशीला जलेको भान्सा कोठामा पेट्रोलसहितको दुईवटा बोतल, लाइटर र आगो सल्काउन सलबेरेर बनाइएको बाँसको राको (पुल्ठो)समेत फेला परेको छ। ‘घटनास्थल शंकास्पद् देखिएपछि तत्काल मृतककी सासु र नन्दलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ,’ सुवेदीले भने।

सुशीलाको मृत्युपछि उनका बुबा हरिहरपुरगढी गाउँपालिका-४ का प्रेम बहादुर घिसिङले सोमबार मायारानी बम्जन, नन्द मीना बम्जना, ससुरा दुर्गामान बम्जनलगायतको नाममा किटानी जाहेरी दिएका छन्। प्रहरीले प्रमुख सुवेदीले भने, ‘उक्त जाहेरी दर्तासँगै सोमबारनै ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरिएको छ।’ घटनामा सुशीलाको ससुरा वर्ष ६२ का दुर्गामान बम्जन घाइते भएका छन्। सुशीलाको शरीरमा लागेको आगो निभाउन जाने क्रममा दुर्गामान पनि जलेर घाइते भएका थिए।

उनको शरीरको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको छ। उनको सिन्धुली अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर वर्न अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ। बुबा प्रेमबहादुर घिसिङले दिएको जाहेरी अनुसार सुशीलाका सासु, नन्द र ससुराले पटक-पटक घरेलु हिंसा गरेको, छोरीलाई यातना दिँदै आएको र छोरीको हत्या गरेको उल्लेख छ। मृतक सुशीलाको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ। सुशीलाको न्याय र घटनाको निष्पक्ष छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएर आफन्तले दबाब सिर्जना दिएका छन्। उनीहरूले मंगलबार बीपी राजमार्गसमेत केही समय अवरुद्ध गरेका थिए।

जिल्लास्थित नेपाली कांग्रेस, नकेपा एमाले र नेपाली कम्युनिष्ट पार्टी निकट महिला संगठनहरूले समेत मंगलबार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई संयुक्त ज्ञापन पत्र बुझाउँदै पीडितलाई न्याय दिन र निष्पक्ष छानबिनको माग गरेका छन्। स्थानीयका अनुसार शरीरमा पेट्रोल छर्केर आगो लगाइदिएपछि सुशीलाले चिच्चाएर बचाउन हारगुहार मागेको सुनिएको थियो। उक्त घटना भएको समयमा बम्जनको घरको मूलगेटमा ताल्चा लगाइएको थियो। नन्द मिना घरको गल्लीमा उभिइरहेको र सासु घरको बरण्डामा बसेको पाइएको थियो। ‘घटनाक्रम हेर्दा पनि सुशीलालाई आगो लगाएर बाहिरका कसैले पनि उद्धार गर्न जान नसकुन भनेर गेटमा ताला लगाइएको प्रस्ट देखिन्छ,’ पीडितकी आफन्त सरिता स्याङतानले बताइन्। मृतक सुशीलालाई ६-७ वर्षअघि देखि नै सासु, ससुरा र नन्दले निरन्तर शारीरिक तथा मानसिक यातना दिँदै आएको सरिताको भनाइ छ। उनलाई खान लगाउनसमेत नदिने, मोबाइल प्रयोग गर्न नदिने र उनका श्रीमानसँगसमेत सम्पर्क गर्न नदिने गरिएको बताइएको छ। मृतक सुशीलाका श्रीमान सूर्य बम्जन रोजगारका सिलसिलामा कोरियामा छन्। सुशीलाले आफ्नी बहिनी सन्धी, बुबा र भाउजु निर्मलालाई आफूमाथि परिवारबाट सधैं मार्ने धम्की दिने गरेको पटक-पटक गुनासो गर्ने गरेकी थिइन्। मृतककी भाउजु निर्मला स्याङतानका अनुसार घटनाको दिन पनि आफूलाई नन्द मीनाले आजै मार्ने धम्की दिएको कुरा बहिनीहरू सन्धीलाई सुनाएकी थिइन्। उनका परिवारले सुशीलालाई घर छोडेर जान दबाब दिँदै आएका थिए।

सुशीलाका तीन जना तिम्ल्याहा सन्तान दुई छोरा र एक छोरी घट’नापछि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ स्थित मामाघरमा राखिएको  छ भने हत्यापछि सुशीलाको  सिन्धुलीमाढी नै स्तब्ध बनेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×