Advertisement
Advertisement

Day: ६ आश्विन २०८२, सोमबार २३:३०

कोरियामा सुदूरपश्चिम समाजद्वारा दशैं–छुसक विशेष देउडा तथा वनभोज कार्यक्रम हुने

कोरियामा सुदूरपश्चिम समाजद्वारा दशैं–छुसक विशेष देउडा तथा वनभोज कार्यक्रम हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
सुदूरपश्चिम समाज दक्षिण कोरियाले कोरियन चाड छुसक र नेपालीहरुको महान पर्व **विजया दशमी (दशैं)**को अवसरमा विशेष सांस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना गर्ने भएको छ। समाजका अनुसार आगामी अक्टोबर ५ र ६ तारिख २०२५ मा दशैंको टीका ग्रहणसँगै देउडा खेल तथा वृहत वनभोज कार्यक्रम हुने तय गरिएको छ। कार्यक्रम सउलस्थित 강북구 삼양로 181길 256 늘푸른가든 (उरिनसिन लाइन, बुखानसान उइओक स्टेशन नजिक, पैदल ५ मिनेट) मा हुने बताइएको छ। यस अवसरमा सहभागीहरुले सुदूरपश्चिमका विविध खानाका परिकारको स्वाद चाख्ने मात्र नभई देउडा खेल, भुवा नाच, एकल देउडा, लोक तथा आधुनिक गीत, लोक दोहोरी, देउडा ब्याटल लगायतका सांस्कृतिक प्रस्तुति पनि अवलोकन गर्न पाउनेछन्। सहभागिताका लागि पुरुष १००,००० वोन, महिला ७०,००० वोन र दम्पती १५०,००० वोन शुल्क तोकिएको छ। इच्छुकहरुले NH BANK खाता नं. 3021213043841, Tankeshwar Khadka (010-7618-9322) मा सम्...