Advertisement
Advertisement

Day: ४ असार २०८२, बुधबार ०९:०१

TOPIK परीक्षा अब निजी संस्थाले गर्ने तयारी

TOPIK परीक्षा अब निजी संस्थाले गर्ने तयारी

Breaking News, Breaking news 1, जानकारी, धर्म/ज्योतिश, भर्खरै, समाचार
Test of Proficiency in Korean अर्थात TOPIK परिक्षालाई डिजिटल बनाउन भन्दै निक्षि क्षेत्रलाई दिने तयारी थालिएको छ।  कोरियाको शिक्षा मन्त्रालय अन्तर्गतको नेशनल इन्सटिच्युट फर इन्टरनेशनल एजुकेसन (NIIED) ले सन्चालन गरिरहेको यो परिक्षा अब कोरियाली टेक कम्पनी NAVER लाई दिने तयारी गरिएसँगै विभिन्न क्षेत्रबाट यसको बिरोध हुन थालेको छ। कोरियाका विश्वविद्यालयहरुमा भर्ना हुन, यहाँका कम्पनीहरुमा रोजगारी आवेदन गर्दा, भिजा परिवर्तन लगायतका महत्वपूर्ण कुरामा TOPIK परीक्षा पास गरेको प्रमाणपत्र आवश्यक हुने गर्दछ। गत बर्षमात्रै विश्वभरका ५ लाख मानिस टपिक परिक्षामा सामेल भएका थिए।...
कोरियामा वर्षा याम सुरु 

कोरियामा वर्षा याम सुरु 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, समाचार
यो वर्षको मनसुन याम जुन १२ मा जेजु टापुबाट सुरु भएपछि, दक्षिण कोरियाको अधिकांश भागमा पनि शुक्रबारदेखि वर्षा सुरु हुने अनुमान गरिएको छ। सउल तथा ख्यङ्गिदो क्षेत्र, गाङ्वोनदो प्रान्त, छुङछन नाम्दो तथा छुङछन बुक्दो प्रान्तहरू, साथै छल्लाबुक्दो प्रान्तमा बिहीबार दिउँसोबाट वर्षा सुरु हुने सम्भावना रहेको कोरियाली मौषम विभागले बताएको छ।  कोरिया मौषम विभाग (KMA) का अनुसार, शुक्रबार सुरु हुने वर्षालाई मध्य र दक्षिणी क्षेत्रका लागि मनसुनको सुरुवात मान्न सकिन्छ, यद्यपि यसलाई पुष्टि गर्न थप मौसम विश्लेषण आवश्यक छ। यदि शुक्रबार देशभर वर्षा सुरु हुन्छ भने, यो मौसम पूर्वानुमानअनुसार, मध्य क्षेत्रमा सामान्यभन्दा पाँच दिन र दक्षिणमा तीन दिन अघि नै मनसुन सुरु हुने संकेत मिलेको छ।...
आजको राशिफल: २०८२ असार ४ गते बुधबार

आजको राशिफल: २०८२ असार ४ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंले सोचमा परिपक्वता र व्यवहारमा विवेक देखाउनु हुनेछ। मित्रता र सहकार्यका सम्बन्ध गहिरिन सक्छन्। कसैको मौन समर्थन तपाईंको लागि अमूल्य सिद्ध हुन सक्छ। तर आत्मबलमा निर्भर भइरहनु, साँचो मार्ग हुनेछ। वृष (इ, उ, ए, ओ, वा, विं, वु, वे, वो) मन स्थिर भए पनि आज केही कुराहरूले तपाईंलाई विचलित बनाउन सक्छन्। पेशागत क्षेत्रमा आएका चुनौतीहरू सहर्ष पार गर्न सकिनेछ। धेरै कुरा भन्नुभन्दा, शान्त रही कर्म गर्न सक्नु यही नै तपाईँको बल हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आकाशजस्तो फैलिएको विचारमा आज उज्यालो घाम लाग्न सक्छ। शिक्षा, सञ्चार वा सृजनात्मक क्षेत्रमा तपाईँको क्षमता चम्किन सक्छ। नयाँ चिन्तनको बिउ रोपिनेछ र थप सुगन्धित जीवन हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन केही भित्री द्वन्द्व लिएर आउन सक्छ, तर त्यो आ...