Advertisement
Advertisement

Day: १९ पुष २०८१, शुक्रबार ०७:४७

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति लाई पक्राउ गर्ने प्रयास तत्काललाई स्थगित

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति लाई पक्राउ गर्ने प्रयास तत्काललाई स्थगित

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक येओललाई समात्ने प्रयास स्थगित गरिएको छ । येओललाई पक्राउ गर्न भनेर गएका अनुसन्धाताहरूलाई ६ घन्टासम्म पनि येओलका सुरक्षा टोलीले भित्र छिर्न नदिएपछि उनीहरू रित्तो हात फर्किएका हुन् । उनलाई समात्न व्यवहारिक रूपमा सम्भव छैन भन्नेमा आफूहरू निश्चिन्त रहेको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ)ले भनेको छ । डिसेम्बर ३ मा ६ घन्टा मार्शल लगाउने येओलको प्रयासमाथि सीआईओले छानबिन गरिरहेको छ । समीक्षा पछि अर्को कदम निर्धारण गरिने सीआईओले भनेको छ । येओलले कानुनी प्रक्रिया नमान्नु अति नै खेदजनक भएको पनि कार्यालयले बताएको छ । कयौँ दिन देखि येओलका समर्थकहरू उनको आवासबाहिर धर्ना दिएर बसिरहेका छन् । भुईँमा बसेर धर्ना दिइरहेकाहरूको सुरक्षालाई ध्यानमा राखेर अहिलेका लागि अपदस्थ राष्ट्रपतिलाई समात्ने प्रयास त्यागिएको पनि सीआईआले भनेको छ । येओललाई समात्नका लागि अन...
आजको राशिफलः २०८१ पुस १९ गते शुक्रबार

आजको राशिफलः २०८१ पुस १९ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साहित भइनेछ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शुभचिन्तकहरूले काममा साथ दिनेछन्। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि प्राप्त हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अर्थ अभाव रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा पनि फाइदै हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। सिहं (...