Advertisement
Advertisement

Day: ८ भाद्र २०८१, शनिबार १३:१४

कोरियामा भएको तेक्वान्दो च्याम्पियनसिपमा नेपालका भिजन तामाङले जिते स्वर्ण

कोरियामा भएको तेक्वान्दो च्याम्पियनसिपमा नेपालका भिजन तामाङले जिते स्वर्ण

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
नेपालका भिजन तामाङले दक्षिण कोरियामा भएको चौधौँ अन्तर्राष्ट्रिय ओपन फ्रेण्डशिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।  अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आइओएफटीसीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ४० केजी मुनि भिजनले स्वर्ण पदक जितेका हुन्।  दक्षिण कोरियाको क्युन्मिङ विश्वविद्यालयमा भिजनले सेमिफाइनलमा अमेरिका र फाइनलमा फिलिपिन्सका खेलाडीलाई पराजित गरी नेपाललाई स्वर्ण दिलाएका थिए । नेपालबाट सहभागी भिजन एक्लो खेलाडी हुन् भने भजिन्द्र क्षेत्रीले भिजनको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।  प्रतियोगितामा नेपालसहित आठ राष्ट्रका ६ सय ५० खेलाडीको सहभागिता रहेको बताइएको छ। विजेतालाई आइओएफटीसीका निर्देशक दिवाकर महर्जन। प्रतियोगिता संयोजक राजु क्षेत्री लगायतले एक कार्यक्रम बीच पुरस्कृत गरेका थिए। ...
करिब २३ लाख मुनाफा भयो नुवाकोट समाज दक्षिण कोरियाको बृहत वनभोज तथा भेटघाट कार्यक्रम बाट

करिब २३ लाख मुनाफा भयो नुवाकोट समाज दक्षिण कोरियाको बृहत वनभोज तथा भेटघाट कार्यक्रम बाट

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: नुवाकोट समाज दक्षिण कोरियाले   अगस्ट ३ र ४ तारिखका दिन 경기 양평군 서종면 중미산로 941-2 मा आयोजना गरेको बृहत वनभोज तथा भेटघाट कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ। समाजले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत आयव्यय प्रस्तुत गर्दै करिब २३ लाख वन (२२,९४,४००) वन मुनाफा गरेको बताएका छन्।  “सामाजिक एकता र समृद्ध नुवाकोट-हाम्रो अठोट” भन्ने मूल नाराका साथ दक्षिण कोरियामा सक्रिय नुवाकोट समाज दक्षिण कोरियाले अगस्ट ३ र ४ तारिख शनिबार र आइतबारका दिन  THE FOREST GALLERY मा दुई दिने बृहत वनभोज तथा भेटघाट कार्यक्रम २०२४ आयोजना गरेको थियो। विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागि बाट १ करोड २ लाख १ हजार वन सङ्कलन भएको थियो भने स्पोन्सरहरूबाट ४९१,४०० वन गरि जम्मा १ करोड ६ लाख ९२ हजार ४ सय वन वन आम्दानी भएको आम्दानी खर्च वि...
आजको राशिफल : २०८१ भाद्र ८ गते (शनिवार)

आजको राशिफल : २०८१ भाद्र ८ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ। प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्याह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ...