भक्तपुर :भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाअन्तर्गत अरनिको राजमार्गमा पर्ने आदर्श चोक कायम गर्ने विषयमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, आयोजनाका प्रमुख तथा प्राविधिकहरु र स्थानीय सरोकारवालाहरुबीच सोमबार छलफल भयो ।
छलफलको क्रममा आदर्श चोक निर्माणको सम्भाव्यता अध्ययन गर्न भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरी उक्त कार्य दललाई आजको मितिबाट १५ दिनभित्र आदर्श चोकलगायत निर्माणबारे सम्भाव्यता अध्ययन प्रतिवेदन भक्तपुर नगरपालिकाका प्रमुखसमक्ष पेश गर्ने निर्णय गर्यो ।
कार्यदलमा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको संयोजकत्वमा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, भनपा ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजु, भक्तपुर नपाका योजना ...
३ जेष्ठ २०८१, बिहीबार ०२:०४३ जेष्ठ २०८१, बिहीबार ०२:०४३ जेष्ठ २०८१, बिहीबार ०२:०४ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने हुन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ। बुद्धिकाे उपयाेगले काम बन्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। त...