प्रथम सान्दोङ्ग कप 2024 फुटसल प्रतियोगिताको उपाधि सुवन एफ सी को पोल्टामा
नेपाल फुटबल महासंघ दक्षिण कोरियामा आबद्ध रहेका नेपाली फुटबल क्लबहरुलाई फुटबल महासंघको नीति नियमावली बमोजिम बर्ष 2024 को लागि आलोपालो प्रणालीको माध्यमबाट पहिलो प्रतियोगिता सान्दोङ्ग फुटबल क्लब किम्हे बुसानद्वारा आयोजना गरिएको प्रथम सान्दोङ्ग कप फुटसल प्रतियोगिताको उपाधि सुवन एफ सीले चुम्न सफल भएको छ l
"आपतकालिन राहत कोष स्थापनार्थ " भन्ने उद्धेश्यका साथ 2024/03 मार्च / 17 तारिख आइतबार दक्षिण कोरियाको दक्षिणी भेग ख्यांङ्साङ्नाम्दो प्रान्तको किम्हे बुसान क्षेत्रमा आयोजना गरिएको उक्त फुटसल प्रतियोगितामा 32 फुटबल टिमको सहभागिता रहेको थियो l पहिलो सेमीफाइनलबाट याङ्सान फुटबल क्लब लाई हिमालयन स्टार फुटबल क्लबले 1 गोलको बिरुद्ध 3 गोल गरि फाइनल प्रबेश गरेको थियो भने दोस्रो सेमी फाइनलमा फारन यूनाइटेड फुटबल क्लबलाई पेनाल्टी सुटआउटबाट पराजित गरि सुवन फुटबल क्लबले फाइनलको भिड्न्त सुरक्षित गरेको थिय...

