Advertisement
Advertisement

प्रथम सान्दोङ्ग कप 2024 फुटसल प्रतियोगिताको उपाधि सुवन एफ सी को पोल्टामा

Advertisement
Advertisement


नेपाल फुटबल महासंघ दक्षिण कोरियामा आबद्ध रहेका नेपाली फुटबल क्लबहरुलाई फुटबल महासंघको नीति नियमावली बमोजिम बर्ष 2024 को लागि आलोपालो प्रणालीको माध्यमबाट पहिलो प्रतियोगिता सान्दोङ्ग फुटबल क्लब किम्हे बुसानद्वारा आयोजना गरिएको प्रथम सान्दोङ्ग कप फुटसल प्रतियोगिताको उपाधि सुवन एफ सीले चुम्न सफल भएको छ l


“आपतकालिन राहत कोष स्थापनार्थ ” भन्ने उद्धेश्यका साथ 2024/03 मार्च / 17 तारिख आइतबार दक्षिण कोरियाको दक्षिणी भेग ख्यांङ्साङ्नाम्दो प्रान्तको किम्हे बुसान क्षेत्रमा आयोजना गरिएको उक्त फुटसल प्रतियोगितामा 32 फुटबल टिमको सहभागिता रहेको थियो l पहिलो सेमीफाइनलबाट याङ्सान फुटबल क्लब लाई हिमालयन स्टार फुटबल क्लबले 1 गोलको बिरुद्ध 3 गोल गरि फाइनल प्रबेश गरेको थियो भने दोस्रो सेमी फाइनलमा फारन यूनाइटेड फुटबल क्लबलाई पेनाल्टी सुटआउटबाट पराजित गरि सुवन फुटबल क्लबले फाइनलको भिड्न्त सुरक्षित गरेको थियो l


अन्तत फाइनलको अत्यन्तै प्रतिस्प्रधात्मक भिड्न्तमा सुवन फुटबल क्लबले हिमालयन स्टार फुटबल क्लबलाई 1 गोलको बिरुद्ध 2 गोल गरि बिजयी हासिल गरेको थियो l
बिजेता सुवन फुटबल क्लबले नगद 30 लाख कोरियन वान ट्रफी तक्मा सर्टिफिकेट प्राप्त गर्यो भने उप बिजेता हिमालयन स्टार फुटबल क्लबले नगद 20 लाख कोरियन वान सहित ट्रफी तक्मा र सर्टिफिकेटमा चित्त बुझाएको थियो l
उक्त सान्दोङ्ग कप फुटसल प्रतियोगिताको सर्बोकृष्ट खेलाडीको ताज हिमालयन स्टार फुटबल क्लबका राज थापा श्रेष्ठले पहिरिन सफल भएको थियो भने उच्च गोलकर्ता म्याङ्दोङ्ग ब्वाइज फुटबल क्लबका प्रविन गुरुङ्ग साथै उत्कृष्ट गोलकिपरको पुरस्कार सुवन फुटबल क्लबका रुपक नेपालीले हात पार्न सफल भएको थियो l यसरी नै विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई प्रोत्साहन स्वरूप जनही 1 लाख कोरियन वान र ट्रफीबाट पुरस्कृत गरिएको थियो l


प्रतियोगिता फाइनलको अन्तिम समापन समारोहमा प्रमुख अतिथि नेपाल फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष ब्रो o तमू ज्यू , एन आर एन ए कोरियाका युवा संयोजक युबिन श्रेष्ठ ज्यू ,आदिबासी जनजाती महासंघ किम्हे बुसान शाखाका अध्यक्ष परी गुरुङ्ग , एन सी सी किम्हे बुसान शाखाका अध्यक्ष चन्द्र कार्की ज्यू , नेपाल फुटबल महासंघका बरिष्ठ उपाध्यक्ष हेमन्त गुरुङ्ग, फुटबल महासंघका केन्द्रिय प्रतिनिधिहरु लगायतका जातीय क्षेत्रिय संघ सस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो l
अत्यन्तै सौहार्दपूर्ण बातावरणमा प्रतियोगिता सम्पन्न भएको खेल संयोजक सानु राज मगरले खुशी ब्यक्त गर्नु भयो l पहिलो पल्ट आयोजना गरिएको फुटसल प्रतियोगितालाई सफल बनाउन मिडिया पार्टनर बिशाल आवाज , गोल नेपाल, जन आवाज अनलाइन डटकम, टेलीकम पार्टनर GKS Korea, Sent Be रेमिटेन्स, भिडियोग्राफी शम्भु धिमाल, आर्थिक भौतिक रुपमा सहयोग गर्ने सहयोगी दाताहरु, अहोरात्र खटिनु हुने स्वयम सेवकहरु तथा सहभागी फुटबल क्लबहरुलाई सान्दोङ्ग फुटबल क्लबका अध्यक्ष केशब तिमिल्सिनाले धन्यबाद ज्ञापन गर्नु भएको थियो l


यसरी नै नेपाल फुटबल महासंघ दक्षिण कोरियाको बर्ष 2024 को बार्षिक खेलतालिका अनुसार तेस्रो महिनाको अन्तिम हप्ता मार्च 31 तारिख आइतबार याङ्सान नेपाली फुटबल क्लबद्वारा आयोजित दोस्रो याङ्सान कप फुटसल प्रतियोगिता किम्हे बुसान र चौथो महिना अप्रिल 14 तारिख छङ्ऊप नेपाली फुटबल क्लबको आयोजनामा प्रथम जेएन एफ सी कप फुटबल प्रतियोगीता छल्लाबुक्दो क्रमश पाचौ महिना मे 05 तारिख ग्वाङ्जु फुटबल क्लबको आयोजनामा प्रदेशी कप फुटबल प्रतियोगिता ग्वाङ्जु छल्लानाम्दोमा हुने नेपाल फुटबल महासंघका बरिष्ठ उपाध्यक्ष हेमन्त गुरुङ्ग ज्युले जानकारी दिनू भएको थियो l
धन्यबाद

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×