आइसिसी पुरुष टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टिमको तयारीका लागि अर्थ मन्त्रालयबाट ५ करोड रकम निकासा भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिँदै नेपाल सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिए।
‘नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ। विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो। खेलकुदको महत्वलाई बुझेर रकम निकासा गर्न सहयोग गर्ने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु,’ सदस्य–सचिव घिसिङले भने, ‘नेपाली टोली विश्वकपमा पुगपछि सम्मा...
२३ फाल्गुन २०८०, बुधबार ११:२४२३ फाल्गुन २०८०, बुधबार ११:२४२३ फाल्गुन २०८०, बुधबार ११:२४ by विशाल श्रेष्ठNo Comments
काठमाडौं । गायिका समीक्षा अधिकारीले ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकी छन् ।
बुधबार अपरान्ह फेसबुकमा उनको स्टाटस छ, ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेऊ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ पर्यौ । आज फेरि आफ्नो फाइदाका लागि उतैतिर चाकडी गर्दै रहेछौ । बहुरुपी औरत ।’
फिल्म र सेलिब्रेटीको गतिविधि पछ्याउनेलाई समीक्षाको कटाक्ष कसतर्फ लक्षित हो भन्ने बुझ्न कठिन छैन । उनले पूजाको नाम नलिएरै उनीमाथि तीव्र व्यंग्य गरेकी हुन् ।
‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला फिल्म चलाउन पूजालाई रोएको आरोप लागेको थियो । त्यसपछि उनी समीक्षासँग निकट भएको सामाजिक सञ्जालमा उनका पोस्टबाट देखिएको थियो । पूजा र समीक्षाले टिकटक भिडियो बनाउँदै नजिक भएको सन्देश पनि दिए ।
समीक्षाले स्टाटसलाई ‘उसै’लाई भन्दै पलतर्फ संकेत गरेकी छन् । अहिले पल र पूजा निकट भएका छन् । यी दुईले ‘...
२३ फाल्गुन २०८०, बुधबार ०८:५४२३ फाल्गुन २०८०, बुधबार ०८:५४२३ फाल्गुन २०८०, बुधबार ०८:५४ by विशाल श्रेष्ठNo Comments
२३ फागुन, काठमाडौं । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।
सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् ।
पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।
महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।...
२३ फाल्गुन २०८०, बुधबार ०८:४७२३ फाल्गुन २०८०, बुधबार ०८:४७२३ फाल्गुन २०८०, बुधबार ०८:४७ by विशाल श्रेष्ठNo Comments
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री बन्ने भएका छन् । त्यस्तै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका हुन् ।
माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाउने भएको छ । त्यसै गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा शक्ति बस्नेतले निरन्तरता पाउँदा हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।...
२३ फाल्गुन २०८०, बुधबार ०८:४३२३ फाल्गुन २०८०, बुधबार ०८:४३२३ फाल्गुन २०८०, बुधबार ०८:४३ by विशाल श्रेष्ठNo Comments
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने चार मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् ।
आज बसेको कार्यदलको बैठकले रास्वपालाई गृहसहित श्रम, युवा तथा खेलकुद र शिक्षा मन्त्रालय दिने टुंग्याएको स्रोतले बतायो ।
जसअनुसार डीपी अर्याल श्रम मन्त्री बन्ने भएका छन् भने शिक्षामन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ । अर्यालले मन्त्रीको सपथ ग्रहण गरिसकेका छन् । एक वर्षअघि पनि उनी श्रममन्त्री बनेका थिए । तर, छोटै समयमा बाहिरनु परेको थियो । यसैगरी रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् ।...
२३ फाल्गुन २०८०, बुधबार ०१:२५२३ फाल्गुन २०८०, बुधबार ०१:२५२३ फाल्गुन २०८०, बुधबार ०१:२५ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । सेयरबजार पनि राम्रै रहला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज गरेको कार्यमा अवरोध आउला । कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । नयाँ कार्यको प्रारम्भ हुने र पुनर्मिलनको योग पनि रहेको छ, तर स्वास्थ्य प्रति सजग रहनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज श्रमदान गर्ने अवसर मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रसङ्गमा पनि सफल भइनेछ, तर स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू ...