कास्की परिवार दक्षिण कोरिया द्दारा आगलागी बाट क्षति ग्रस्त दृष्टिबिहिन तथा अपाङ्ग मैत्री आश्रमका लागि सहयोग हस्तान्तरण
विशाल आवाज:"सङ्गठित समुह नै प्रदेशको साहारा हो" भन्ने मूल नाराका साथ स्थापित कास्की परिवार दक्षिण कोरियाले सञ्चालन गरेको "अपाङ्ग मैत्री समाज दृष्टिविहिन आश्रम सहयाेग अभियान” घोत घोते अन्तर्गतको सङ्कलित कुल १०२८००० वोन अर्थात् नेपाली रकम १०३१३९रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिएको छ।
सङ्कलित रकमवाट त्यहाका आवश्यकता अनुसारको समानहरु खरीद गरी गण्डकी नेत्र विहिन संघका अध्यक्ष श्री लक्ष्मण सुवेदी ,कास्की नेत्र विहिन संघका अध्यक्ष श्री श्रीकान्त सापकोटा , कास्की नेत्र विहिन संघका सचिव तथा घोत घोते नेत्र विहिन सघंका इन्चार्ज श्री सुनील गोदारको रोहोवरमा कास्की नेत्र विहिन संघको कार्यालय बुढी बजारमा उपस्थित भइ घोत घोते दृष्टि विहिन आश्रमका दाजु भाई तथा दिदी बहिनी हरुलाई हस्तान्तण गरीएको हो। कास्की परिवार दक्षिण कोरियाले आन्तरिक रूपमा गरेको यस अभियानले उहाँहरुको समस्यालाई पूर्ण र...

