प्रमोद गिरी हिरोसिमा। नेपाल पत्रकार महासंघ जापान शाखाले सदस्यता नविकरण आवेदन खुल्ला गरेको छ । शाखाका सचिव राजन गौतमले दिएको जानकारी अनुसार आज में २ तारिखबाट में ११ तारिखसम्म आबेदन खुल्ला गरिएको हो ।
समयाबधि थप नगर्ने गरी ११ तारिख सम्म सदस्यता नविकरण लागि आवेदन खुल्ला गरिएको हो । नविकरण आबेदन दिनेहरुले सदस्यता शुल्क आफनै बैंक अकाउन्टबाट डिपोजिट गर्नु पर्नेछ भने संस्थाको बैंक खाता प्राविधिक कारणले डिपोजिट गर्न नमिल्ने भएको नविकरण शुल्कलाई कोषाध्यक्ष अर्जुन लामिछानेको खाता जम्मा गर्न महासंघले अनुरोध गरेको छ। सदस्यता नबिकरणका लागि आबेदन फारम र सम्बन्धित संचार संस्थाको परिचय पत्र र शुल्क जम्मा गरेको रसिद पत्रकार महासंघ जापान शाखाको आधिकारिक ईमेलमा पठाउन समेत अपिल गरेको छ ।
नेपाल पत्रकार महासंघको सदस्यता यस पटक नविकरणको लागि मात्र आवेदन खुल्ला गरिएको र नयाँ सदस्...
२० बैशाख २०८०, बुधबार ११:१७२० बैशाख २०८०, बुधबार ११:१७२० बैशाख २०८०, बुधबार ११:१७ by विशाल श्रेष्ठNo Comments
प्रमोद गिरी हिरोसिमा। जापानमा अप्रिल २९ देखि गोल्डन विक शुरु भएको छ । यो बिदा मे ५ सम्म चल्छ । योसँगै घुमफिर अनि घरपरिवारलाई घुम्न जान निस्कनेहरुको भिडभाड चारैतिर देखिन थालेको छ ।
कोभिडका कारण लगाइएको प्रतिबन्धहरु तीन वर्षमा पहिलो पटक पूरै हटेको छ । यस्तोमा रेल स्टेशन, एक्सप्रेसवे, विमानस्थललगायत सबै सार्वजनिक सवारी साधनहरुमा शनिबार बिहानैदेखि मानिसको भिड छ ।
गोल्डन विक जापानमा सबैभन्दा लामो सार्वजनिक छुट्टीमा पर्दछ । गएको महीना भएको एक सर्वेक्षणमा यस पटकको गोल्डन विकको बिदामा जापानीहरुले सालाखाला ३९ हजार २९४ येन खर्च गर्ने योजना बनाएको बताएका थिए । यस पटक बिदामा २ करोड भन्दा धेरै घुमफिरमा निस्कने अनुमान गरिएको छ ।
गोल्डन विक नेपालीहरुका लागि भने कागलाई बेल सरह हुने गरेको छ । जापानमा रहेका ९९ प्रतिशत नेपालीहरु रेष्टुराँ आदिमा काम गर्छन् । अधिकांश नेपालीहरु यति ब...