दक्षिण कोरिया: "स्वास्थ्य नै खेलकुद " भन्ने मुल नाराको साथ हिमालय फुटबल क्लब यांगसान ( उल्सान शहर ) को आयोजनाम़ा सम्पन्न " प्रथम हिमालय कप" फुटसल प्रतियोगिता 2023 को उपाधि फारन युनाईटेड फुटबल क्लब ह्वासाङ्गले चुम्न सफल भएको छ l
दक्षिण कोरियाको दक्षिणी भेग यांगसान शहरम़ा भएको बर्ष 2023 को सुरुवाती उक्त पहिलो नेपाली फुटसल प्रतियोगिताम़ा फारन युनाईटेड फुटबल क्लब रातो र फारन युनाईटेड फुटबल क्लब निलो दुवै टिम कोरियाको नेपाली फुटबल इतिहासम़ा बिजेता र उप बिजेताको ताज हत्याउन सफल रहेको थियो l
" ए " पोलबाट सेमीफाइनलम़ा धरान फुटबल क्लबलाई पराजित गरि फारन युनाईटेड फुटबल क्लब "रातो " फाइनल प्रबेश गरेको थियो भने " बि " पोलबाट सुवन फुटबल क्लबलाई पराजित गरि फारन युनाईटेड फुटबल क्लब " निलो " फाइनल भिड्न्त सूरक्षित गरेको थियो l
फाइनलम़ा रेफ्रीको अन्तिम सिटी समाप्तिसंगै फारन युनाईटेड फुटबल क्लब...