दक्षिण कोरियामा क्रियाशील नेपाली समुदायको साझा संगठन नेपाली सम्पर्क समिति दक्षिण कोरिया (एनसीसी) ले आगामी मार्च १५ तारिख आयोजना हुने १९औँ अधिवेशनलाई भव्य, व्यवस्थित र प्रतिनिधिमूलक बनाउन तयारीलाई तीव्र बनाएको छ।
अधिवेशनलाई समावेशी र प्रभावकारी बनाउन संस्थागत संरचनाभन्दा बाहिर रहेका विभिन्न संघ–संस्थाबाट पनि “एक संस्था, एक प्रतिनिधि सदस्य” पठाउन औपचारिक आह्वान गरिएको छ। समितिका अनुसार प्रतिनिधि सदस्यहरूले सामान्य सभा तथा अधिवेशनका महत्वपूर्ण निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागिता जनाउन पाउनेछन्।
प्रतिनिधि सदस्यहरूलाई निर्वाचन प्रक्रियामा भाग लिन, उम्मेदवार बन्न तथा मतदान गर्न पाउने अधिकार रहने व्यवस्था गरिएको छ। प्रदेश समाजहरूबाट कम्तीमा सम्बन्धित प्रदेशका जिल्लाको संख्याभन्दा नघट्ने र अधिकतम सो संख्याको १० गुणासम्म प्रतिनिधित्व सुनिश्चित गरिने प्रावधान राखिएको समितिले जनाएको छ।
प्र...
१६ फाल्गुन २०८२, शनिबार २३:४८१६ फाल्गुन २०८२, शनिबार २३:४८१६ फाल्गुन २०८२, शनिबार २३:४८ by विशाल श्रेष्ठNo Comments
वेइजङ्बु प्रहरीले सवारी चो`रीको आरोपमा दुई जना माध्यमिक विद्यालयका विद्यार्थीलाई प´क्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा A र B नामका नाबालक रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले २४ तारिख बिहान करिब ११:३० बजे फाजुस्थित एक अपार्टमेन्टको अण्डरग्राउण्ड पार्किङमा साँचो भित्रै छोडिएको सानो कार चो´री गरि फरार भएका थिए।
चो´री भएको उक्त सवारी साधन भोलिपल्ट बिहान करिब २ बजे 의정부동 स्थित एक हुलाक कार्यालय अगाडि सवारी खोजी प्रणाली (WASS) मा फेला परेको थियो। सूचनापछि प्रहरीले सम्भावित भाग्ने मार्गहरू अवरुद्ध गर्दै सडकबाटै उनीहरूलाई आपतकालीन रूपमा पक्राउ गरेको जनाएको छ।
पक्राउका बेला गाडीभित्र A र B सहित जम्मा ६ जना सवार रहेको बताइएको छ। घट`नामा प्रत्यक्ष संलग्नता नदेखिएका अन्य ४ जनालाई भने प्रहरी अभिभावकको जिम्मा लगाएको छ।
प्रहरीका एक अधिकारीले “यो नाबालकसँग सम्ब...
१४ फाल्गुन २०८२, बिहीबार २३:५९१४ फाल्गुन २०८२, बिहीबार २३:५९१४ फाल्गुन २०८२, बिहीबार २३:५९ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको सरकारी स्वामित्वमा रहेको Industrial Bank of Korea (IBK) ले आफ्नो बैंकिङ प्रणालीको अपग्रेड (स्तरोन्नति) गर्ने कार्यका कारण केही समयका लागि सम्पूर्ण वित्तीय कारोबार सेवा अस्थायी रूपमा बन्द हुने जनाएको छ।
बैंकद्वारा जारी सूचनाअनुसार मार्च १, २०२६ (आइतबार) राति १२:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म (करिब १२ घण्टा) सेवा अवरुद्ध रहनेछ। प्रणालीलाई अझ सुरक्षित, छिटो र प्रभावकारी बनाउने उद्देश्यले यो अपग्रेड गर्न लागिएको बैंकले स्पष्ट पारेको छ।
उक्त अवधिमा:
• क्रेडिट कार्ड भुक्तानी भने गर्न सकिनेछ।
• IBK ग्राहक सेवा केन्द्रमार्फत इन्सिडेन्ट (समस्या) रिपोर्ट गर्न सकिनेछ।
• तर डेबिट कार्डमार्फत हुने भुक्तानी सम्भव नहुने जानकारी दिइएको छ।
साथै, कार्ड हराएमा BC Card Customer Center (☎ 1588-4515) मा सम्पर्क गरी जानकारी दिन सकिनेछ।
सेवा अवरुद्ध हुँदा पर्न सक्ने असुविध...
१३ फाल्गुन २०८२, बुधबार २३:१०१३ फाल्गुन २०८२, बुधबार २३:१०१३ फाल्गुन २०८२, बुधबार २३:१० by विशाल श्रेष्ठNo Comments