Advertisement
Advertisement

Day: २७ बैशाख २०८३, आईतवार ०७:१८

किम्हे बुसानमा मे २४ तारिक “सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” आयोजना हुँदै

किम्हे बुसानमा मे २४ तारिक “सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” आयोजना हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
 दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता, भाइचारा र सामाजिक सद्भाव बढाउने उद्देश्यले नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो साखाको आयोजनामा “सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” आयोजना हुने भएको छ। आगामी मे २४ तारिखमा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। प्रतियोगितामा विभिन्न नेपाली टिमहरूको सहभागिता रहनेछ भने विजेता टोलीलाई ३५ लाख वन नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। त्यसैगरी उपविजेताले २० लाख वन, सेमिफाइनल पुग्ने टोलीहरूले ४ लाख वन प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, गोलकिपर तथा हाई स्कोररलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागिता जनाउन चाहने टोलीका लागि दर्ता शुल्क ३ लाख ५० हजार वन तोकिएको छ भने दुई वटा क्लब एउटै टिमबाट दर्ता गरे ६ लाख वन म...