Advertisement
Advertisement

Day: २५ बैशाख २०८३, शुक्रबार १०:१०

दोलखाली समाज दक्षिण कोरियाको सातौँ अधिवेशन मे २४ मा हुने

दोलखाली समाज दक्षिण कोरियाको सातौँ अधिवेशन मे २४ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा क्रियाशील नेपालीहरुको साझा संस्था “दोलखाली समाज दक्षिण कोरिया” ले आफ्नो सातौँ अधिवेशन आगामी मे २४ तारिखमा आयोजना गर्ने भएको छ। “तपाईं हाम्रो सुख–दुःखको साथी दोलखाली समाज, दोलखाली समाज दोलखालीको हितमा” भन्ने मूल नारासहित स्थापना भएको संस्थाले अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। संस्थाद्वारा सार्वजनिक गरिएको जानकारीअनुसार अधिवेशन दक्षिण कोरियाको सुवनस्थित उरि हिमालयन रेष्टुरेन्टको सभाहलमा मध्यान्ह ११:३० बजेबाट सुरु हुनेछ। कार्यक्रममा दक्षिण कोरियामा रहेका दोलखा जिल्लावासी, विभिन्न पेशा–व्यवसायमा आबद्ध नेपाली, विद्यार्थी तथा शुभेच्छुकहरुलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ। दोलखाली समाज दक्षिण कोरियाले विगतदेखि नै प्रवासमा रहेका नेपालीबीच आपसी एकता, सहयोग तथा सामाजिक सद्भाव कायम राख्दै विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ...