नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम २०२६ अप्रिल १२ का दिन अध्यक्ष निर्दोष शिवको अध्यक्षता र नेपाल मुक्तक प्रतिष्ठान केन्द्रका अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यम जुममार्फत सम्पन्न भएको छ।
कार्यक्रमको खुला सत्रमा अध्यक्षद्वारा आसनग्रहण, प्रमुख अतिथिद्वारा उद्घाटन, संरक्षक, सल्लाहकार, पदाधिकारी तथा सक्रिय सदस्यहरूबाट नववर्ष २०८३ को शुभकामना आदानप्रदान तथा रचना वाचन गरिएको थियो भने महासचिवद्वारा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो।
बन्द सत्रमा कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल पश्चात् पारित गरिएको छ भने वार्षिक प्रगति प्रतिवेदन पनि सभाबाट पारित गरिएको छ।
त्यस्तै, विधान सत्रमा विधान संशोधन समितिद्वारा प्रस्तुत संशोधित विधानमाथि छलफल गरिएको थियो। सम...